logo

वन्यजन्तुको संरक्षण र पर्यटनलाई संगसंगै अगाडी बढाउनुपर्छ— अध्यक्ष तिमिल्सिना

 इसीमाना सम्वाददाता     २०८० पौष २६ गते ०६: ४६ मा प्रकाशित     455   पटक पढिएको

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गरे ।


महोत्सब उद्घाटजन गर्दैै अध्यक्ष तिमिल्सिनाले वन्यजन्तुको संरक्षण र पर्यटनलाई संगसंगै बढाउनुपर्ने धारणा ब्यक्त गरे ।


वनजंगल र वन्यजन्तुको संरक्षण संगै पर्यटन र वन क्षेत्रबाट नाफा लिन सकेमा मात्रै त्यसले आर्थिक क्षेत्र बलियो हुने धारणा उनकोे थियो । ‘निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई संगसंगै अगाडि बढाउनुपछ’उनले भने ‘मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जन तथा पर्यटनबाट आर्थिक लाभ लिनुपर्छ ।’

 


संरक्षणलाई पर्यटनसंग जोडेर आर्थिक विकासका गतिविधि बढाउन सबैलाई उनको आग्रह छ । चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउन पर्ने बताए । ‘निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिनु हुँदैन’ उनले भने ‘दुरगामी प्रभाव पर्ने काम हो अगाडि बढाउनु पर्छ ।’

 


आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महोत्सव गर्ने आँट गर्नु चानचुने कुरा नभएको भन्दै उनले रत्ननगर महोत्सवले चितवनको आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे । सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको लागि पहल सुरु गर्नु पर्ने बताए ।

 

भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उनले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थिक संकटको असर चौतर्फी रुपमा रहेको छ उहाँले भने संकटको सामधानको लागि राज्य चनाखो हुनुपर्छ भन्नुभयो ।


कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेको महोत्सब आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

 

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ । विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.