logo

जाँचपास नहुँदा सुख्खा बन्दरगाहा भन्सारमा १३ कण्टेनर छोहडा सड्यो अनुसन्धानको नाममा सूचना लुकाउने प्रयास

 इसीमाना सम्वाददाता     २०८० मंसिर २७ गते ०६: २२ मा प्रकाशित     665   पटक पढिएको

वीरगन्ज । नेपाली आयातकर्ताले आयात गरेको १३ कण्टेनर छोहडा सडेर नोक्सानी भएको छ । नेपाली आयातकर्ताले आयात गरेको छोहडा भन्सार जाँचपास हुन नसक्दा वीरगन्ज स्थित सुक्खा बन्दरगाह भन्सारको यार्डमा थन्किएर बसेको थियो । 

 

लामो समयसम्म ड्राईपोर्ट भन्सारमा रहेको उक्त कण्टेनरको सामान बुधबार खोलेर हेर्दा सबै छोहडा सडेको फेला परेको हो । १३ वटा कन्टेनरमा छोहडा रहेको स्रोतले जनायो । सुख्खा बन्दरगाह भन्सार कार्यालयमा सडेको अवस्थामा फेला परेको छोहडा कसको हो भन्ने विषयमा ड्राईपोर्ट भन्सार कार्यालयका अधिकारीहरुले सूचना दिन मानेका छैनन ।

 

उनीहरुले अनुसन्धान प्रभावित हुने भन्दै सूचना नदिने बताएका हुन । फेला परेको छोहडाको सन्दर्भमा सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले कण्टेनरको विषयमा सूचना दिन नमिल्ने बताए । उनले यार्डमा अलपत्र रहेको कण्टेनरको बुधबारदेखि अनुसन्धान शुरु भएकोले तत्काल केही भन्न नमिल्ने बताए । 

 

  एक आयातकर्ताका अनुसार उक्त छोहडाको प्रति कण्टेनर १५ हजार अमेरिकी डलर पर्छ । भन्सार विन्दुसम्म तेश्रो मुलुकबाट आयात गरेको वस्तु जाँचपास हुन नसक्दा आयातकर्ताहरुको करोडौ रकम नोक्सानी मात्रै भएको छैन । राज्यले राजस्व पनि गुमाएको छ ।  नेपाली आयातकर्ताहरुले पटक पटक भन्सारको सन्दर्भ मूल्य खारेज गर्नुपर्ने माग राख्दै आएका छन् ।

 

तर, भन्सार अधिकारीहरुले भने भन्सारको सन्दर्भ मूल्य पुस्तिकालाई आफ्नो कमाई खाने माध्यमको रुपमा प्रयोग गर्दै आएको आरोप लाग्ने गरेको छ । सन्दर्भ मूल्यकै कारणले भन्सार विन्दुमा आयात भएका धेरै सामानहरु जाँचपास हुन नसकेर रोकिने गरेको छ । 

ड्राईपोर्ट भन्सारमा रहेको कण्टेनरमा सडेको अवस्थामा छोहडा फेला परेको सूचना बाहिरीदाँ भन्सार कार्यालयका सूचना अधिकारी भने सूचना दिन नमिल्ने भन्दै सूचना लुकाउन खोज्नुले थप आशंका पैदा गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.