logo

नेपाली नक्कली नोट सहित बारा र पर्साका युवा पक्राउ

 इसीमाना सम्वाददाता     २०८० मंसिर १ गते ०७: १५ मा प्रकाशित     483   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हजारका ३८ थान नेपाली नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।


प्रहरीको टोलीले बाराका उमेश कुमार र पर्साका रिषि पटेललाई पक्राउ गरेको जनाएको छ । दुबै जनालाई बरगंजको घण्टाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबारमा मौलाएको सूचना प्राप्त भएपछि प्रहरीको विशेष टोलीले चलाएको जाँचको क्रममा २ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक हजारको ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.