logo

किंग्स क्यासिनोद्वारा गैरकानूनी लक्की ड्र संचालन,स्थानीय प्रशासन र बिभाग भन्छ कुनै इजाजत दिएका छैनौं

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २५ गते ०१: ०४ मा प्रकाशित     455   पटक पढिएको

बीरगंज । बीगंजको आर्दशनगरमा रहेको किंग्स क्यासिनोको गैरकानूनी कामका कारण क्यासिनोमा प्रवेश निषेध गरिएका नेपालीहरुको बिल्लीवाँठ हदै गएको छ ।

 

किंग्स क्यासिनोले त कानूनको खिल्ली उढाउदै चिठ्ठा उपहार कार्यक्रम समेत संचालनमा ल्याएको छ । चिठ्ठा जन्य कार्यक्रहरु कानूनले नै प्रतिवन्ध लगाएको छ ।

 

तर क्यासिनोले पहिलो पुरस्कार बुलेट मोटरसाईकल, दोश्रो पुरस्कार सिक्री र तेश्रो पुरस्कार जुवा खेल्नलागि क्यासिनो कुपन दिने भन्दै “ग्राण्ड लक्की ड्र” संचालनमा ल्याएको छ ।

 

क्यासिनो संचालनको इजाजत दिने नेपाल पर्यटन बोर्डले भने मिनि क्यासिनो संचालनको अनुमती दिएको जनाएको छ । बिभाजका निर्दैशक एवं प्रवक्ता काली बहादुर भूजेलले लक्की ड्र संचालनको इजाजत आफुहरुले नदिएको प्रष्ट पारे ।उनले चिठ्ठा कार्यक्रम गैरकानूनी भएको बताए।

 


यता पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि क्यासिनोलाई चिठ्ठा संचालनको इजाजत नदिएको बताउछन । इजाजत मागेको पनि छैन दिएको पनि छैन पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने भाग्यशाली चिठ्ठा जस्ता कुरा कानूनी रुपमै दण्डनीय रहेका छन ।

 

तर बीरगंजका किंग्स क्यासिनोका संचालक कमल के.सी.ले आफूहरुले ब्यापार प्रर्वद्धनकालागि चिठ्ठा खोल्ने गरेको चिठ्ठाको बिक्री बितरण भने नगरेको दावी गरे ।

 

क्यासिनोमा आउने ग्राहकले लिने भौचरमा कुपन दिने गरेको र त्यही कुपनलाई चिठ्ठाको रुपमा निकाल्ने गरेको उनले बताए । उनले शब्दमा चिठ्ठा लेखिएको भएपनि त्यो चिठ्ठा बिक्री गरेर नखोलिएको दावी गरे ।

बिभागका प्रवक्ता भूजेलले बीरगंजमा रहेका क्याशिनोहरु मिनी क्यासिनो हुन । आधुनिक मेशीन तथा उपकरणको माध्यमले गेम खेलाउने इजाजत पाएका छन । पाँच तारे होटेलमा रहेका क्यासिनोले  लाइभ गेम संचालनको अनुमती पाउने उनले बताए ।

 

बीरगंजमा रहेको किग्स क्यासिनोले बिभागको दिएको इजाजतको खिल्ली उडाउदै फलास म्यारिज जस्ता गेमहरुपनि खेलाउदै आएको छ । किंग्सका बारेमा गुनासो आएका छन । त्यसका बिषयमा छड्के अनुगमनको तयारी गरेको भूजेलले बताए । उनले क्यासिनो भित्रको सीसी क्यामराको ६ महिनाको फूटेज राख्न निर्देशन गरेको बताए ।


किग्स क्यासिनोमा नेपालीहरुलाई प्रवेश दिएको र धेरैको बिल्लीवाठ भएको गुनासो बिभाग सम्म आइपुगेको बताउदै भूजेलले यस्तो निर्देशन दिएको बताए । क्ग्सि क्यासिनोका संचालक कमल के.सी.ले पनि आफनो क्यासिनोमा नेपालीहरुलाई प्रवेश नदिइएको बताए ।

 

के.सी.ले नेपालीको प्रवेश रोकेको दावी गरेपनि उनलेदावी गरेको जस्तो नरहेको क्यासिनो प्रवेश गर्नेहरुले बताएका छन । क्यासिनोको पहिलो प्रवेशद्वारमै यस्तो घण्टीको ब्यवस्था गरिएको छ की स्थानीय प्रशासनले छड्के चेकजाँच गरिहाले पनि त्याहा तैनात सुरक्षाकर्मीले घण्टी थिचेपछि माथि रहेका नेपालीहरु खेलाडीहरु अर्को वाटो प्रयोग गरेर निस्कन्छन ।

 

स्थानीय प्रहरी प्रशासनको चेकजाँचमा नेपालीहरु फेला पर्दैनन तर क्यासिनोमा नेपाली खेलाडीको प्रवेशमा कुनै रोकटोक छैन । क्यासिनो संचालक के.सी. केही चिनजानेका साथीभाई भेटन आउदा अरु पनि साथी लिएर आउने र उनीहरु मित्रताकै कारण क्यासिनोमा प्रवेश गर्ने घटना यदाकदा हुने गरेको स्मरण गर्दै घुमाउरो पारामा नेपालीको प्रवेश स्वीकार भने गर्छन ।

 

के.सी.कागजका अधारमा भारतीयलाई प्रवेश दिने गरिएकोेले सीमावर्ती क्षेत्रमा यताका नागरिकको उताको कागजात पनि हुने भएकोले नेपालीको प्रवेश भनिएको हुन सक्ने उनको कथन छ ।


चार दिन अगाडि मात्र किंग्स क्यासिनोमा क्यानडा जान पैसाको जोहो गरेका एक जना नेपाली युवाले प्रवेश पाए । उनले त्यो रात ४ लाख रुपैया हारे । जीतपुर सीमराका प्रतिष्ठित ब्यवसायीका छोरा उनी यति सम्म हारे की पछि क्यासिनोका कर्मचारीले मोवाइल समेत धरौटीमा राखे ।

 

नेपालीहरुलाई क्यासिनो भित्र लैजनाले बिचौलीया नेपाली नै हुन्छन र तिनले जुवा खेल्नेहरुलाई महगो ब्याजदरमा लगानी समते गर्ने गरेको एक भूक्तभोगीको भनाई छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

सामूहिक अभियानमा आधारित लोकआस्थाको पर्व छठ शुरु, पर्वको केन्द्रमा किसान र ग्रामीण जीवन

बीरगंज । छठ षष्ठीको अपभ्रंश हो । कार्तिक महिनाको अमावस्यामा दिवाली पर्व मनाएर मनाइने यस व्रतको सबैभन्दा कठिन र महत्वपूर्ण रात कार्तिक शुक्ल षष्ठी हो ।

भुवनेश्वर प्रविधि पुरस्कार बीरगंजको हस्क पावर नेपाल प्रा.ली.लाई

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६औं प्राज्ञसभा बैठकले २०७९ र २०८०का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।

खेलकुद

बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने, खेलका माध्यमले पर्यटनको प्रवद्र्धन गरिने

बीरगंज । पर्सा क्रिकेट संघको आयोजनामा बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रो क्लब च्याम्पियनसीपको दोश्रो संस्करणको रुपमा बीरगंजमा प्रतियोगिता संचालन हुने संघले सोमवार बीरगंजको होटेल भिषूवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

पुलीसले आर्मी हरायो, प्रथम वीरगन्ज गोल्डकपको उपाधीमा नेपाल पुलीसको कब्जा

वीरगञ्ज । नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको उपाधी उचालेको छ । आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.