logo

नेपाल आयाल निगम गण्डकी प्रादेशिक डिपोको तेल अपचलन घटनाका मुख्य आरोपी दास धरौटीमा रिहा

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १४ गते ०७: ४२ मा प्रकाशित     483   पटक पढिएको

पोखरा, १४ कात्तिक/ नेपाल आयाल निगम गण्डकी प्रादेशिक डिपोको तेल अपचलन घटनाका मुख्य आरोपी चित्तरञ्जन दास धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले आइतबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

उनीविरुद्ध साउन ३० गते पक्राउ पुर्जी जारी भएकोमा फरार उनी आइतबार थुनछेक बहसमा भाग लिन अदाल आएका थिए । बहसपछि न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनलाई ५ लाख धरौटीमा रिहाको आदेश दिएको हो ।

 

नेपाल आयाल निगम गण्डकी प्रादेशिक कार्यालय गगनगौडा, पोखराका तत्कालीन डिपो प्रमुख दासलगायतले डिपोको तेल अपचलन गरेको अभियोग लागेको छ।

 

सोही मुद्दामा पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापा धरौटीमा रिहा भइसकेका छन् । ट्यांकर व्यवसायी जमरकट्टेल १ लाख ५० हजार, ढुंगाना १ लाख र चालक थापा ७५ हजार धरौटीमा छुटेका थिए ।

 

साउन २५ गते डिजेलको रकम तिरेर पश्चिमाञ्चल पेट्रोल पम्प जाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँचबुझ गर्दा १ हजार ५ हजार २ सय लिटर डिजेल पाइएको थियो ।

 

तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरकोेमा अरोपमा दाससहितलाई मुद्धा चलेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.