logo

बिमा गर्दाका प्रतिवद्धता सहज रुपमा लागु गर्न इनसुरेन्स कम्पनीलाई महानगर प्रमुख सिंहको आग्रह

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १ गते ०९: २३ मा प्रकाशित     804   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्जिवन बिमा कम्पनीहरुले सहकारीसंग सहकार्य गरेर बिमाको सेवा उपलब्ध गराउनु पर्ने सुझाव दिएका छन ।

 

निर्जिवन बिमा कम्पनीमा कार्यरत कर्मचारीहरुको हितका निम्ति बनेको संगठन निप्सको बुधवार बीरगंजको होटेल मकालुमा आयोजीत पद हस्तान्तरण समारोहलाई समबोधन गर्दै प्रमुख सिंहले बिमा गर्दा घर घरै जाने तर बिमा रकम दिनु पर्दा बिभिन्न बाहना गर्ने कम्पनीहरुको प्रवृतिमा पनि सुधार ल्याउनु पर्नेमा जोड दिए ।


उनले बिमा गर्दा गरिएको प्रतिवद्धता बिमा दावी गर्दा सहज रुपमा उपलब्ध गराउनु पर्ने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पेशागत सुरक्षा र शुद्धतामा संगठनले राम्रो र प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले संगठनको माध्यमले बिमा संसकृतिको बिकासमा योगदान पुर्याउन समेत सुझाव दिए ।


बद्री बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निप्सका नयाँ अध्यक्ष धिरज शर्मालाई अध्यक्षको पद अधिकारीले हस्तान्तरण गरेका थिए ।

निप्सको अन्य पदाधिकारी र सदस्यको पछि मनोनयन गरिने निको यन्सुरेन्स बीरगंजका प्रवन्धक बिक्रम आलेले जानकारी दिए । कार्यक्रममा बिमा प्राधिकारण बीरगंजका प्रतिनिधि ,सर्भेयर एशोसिएशनका प्रतिनिधि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रमको संचालन निशान्त लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.