logo

चामल निर्यातमा रोक हटाउन गरेको आग्रह भारतले सुनेनः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मंत्री रिजाल

 इसीमाना सम्वाददाता     २०८० असोज ८ गते ०५: ३० मा प्रकाशित     680   पटक पढिएको


काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा चामलको निर्यातमा रोक नलगाउन आग्रह गरे पनि भारतले खासै चासो नदेखाएको गुनासो गरेका छन्।

मन्त्री रिजालले सोमबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्यातमा रोक लगाउँदा नेपालमा चामल महँगिएको जानकारी गराउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेपनि भारतले बेवास्ता गरेको गुनासो गरेका हुन्।

 

भारतले साउन पहिलो साता बासमती बाहेकका चामलको निर्यातमा रोक लगाएको थियो। त्यसपछि नेपाली व्यापारीले भाउ बढाएका थिए। उपभोक्ताले अहिले २५ किलोको बोरामै ३ सय रुपैयाँ बढी मूल्य तिर्नुपरिरहेको छ।

‘मंत्री रिजालले भारतको वाणिज्यमन्त्रीसँग कुरा गरें। भारतीय राजदूतसँग चार पाँचपटक कुरा गरिसकें। उनीहरु चिन्ता नगर्नुस् भन्छन्। तर निर्यातमा प्रतिबन्ध हटाउन चाहेको देखिएन’, उनले भने।


बैठकमा बोलेका धेरैजसो सदस्यले महँगी थेग्नै नसक्ने गरी बढे पनि सरकारले नियन्त्रणका लागि कुनै पहल नगरेको बताएपछि रिजालले थप समय मागेर बोल्दै आश्‍वस्त तुल्याउने प्रयास गरेका हुन्।

उनले कांग्रेस र सरकारी संस्थान उस्तै भएको बताएका छन्। ‘सरकारी संस्थान र कांग्रेस उस्तै हुन् । जसलाई जे मन लाग्यो त्यही छ। कुनै अनुशासन छैन। अराजकता छ’, उनले भने, ‘सरकारी संस्थान ट्रेड युनियन र व्यवस्थापनको मिलेमतोमा ध्वस्त पारिएको छ। अहिलेकै अवस्थाबाट संस्थान चल्न सक्दैनन्। त्यसैले सार्वजनिक निजी साझेदारीमा चलाउनका लागि निजीकरण समितिमा छलफल गरिरहेका छौं।’

मन्त्री रिजालले निजी उद्योगलाई श्रमिक भर्नामा केही खुकुलो व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। कर्मचारी भर्नामा खुकुलो व्यवस्था नगरे उद्योगीहरु थप पलायन हुने उनको भनाइ छ। ‘उद्योगीहरु ट्रेड युनियनका कारण सकेसम्म नेपाली श्रमिक राख्‍नै चाहँदैनन्। त्यसैले उनीहरुका लागि केही लचिलो व्यवस्था आवश्यक छ’, उनले भने।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.