logo

चामल निर्यातमा रोक हटाउन गरेको आग्रह भारतले सुनेनः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मंत्री रिजाल

 इसीमाना सम्वाददाता     २०८० असोज ८ गते ०५: ३० मा प्रकाशित     574   पटक पढिएको


काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा चामलको निर्यातमा रोक नलगाउन आग्रह गरे पनि भारतले खासै चासो नदेखाएको गुनासो गरेका छन्।

मन्त्री रिजालले सोमबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्यातमा रोक लगाउँदा नेपालमा चामल महँगिएको जानकारी गराउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेपनि भारतले बेवास्ता गरेको गुनासो गरेका हुन्।

 

भारतले साउन पहिलो साता बासमती बाहेकका चामलको निर्यातमा रोक लगाएको थियो। त्यसपछि नेपाली व्यापारीले भाउ बढाएका थिए। उपभोक्ताले अहिले २५ किलोको बोरामै ३ सय रुपैयाँ बढी मूल्य तिर्नुपरिरहेको छ।

‘मंत्री रिजालले भारतको वाणिज्यमन्त्रीसँग कुरा गरें। भारतीय राजदूतसँग चार पाँचपटक कुरा गरिसकें। उनीहरु चिन्ता नगर्नुस् भन्छन्। तर निर्यातमा प्रतिबन्ध हटाउन चाहेको देखिएन’, उनले भने।


बैठकमा बोलेका धेरैजसो सदस्यले महँगी थेग्नै नसक्ने गरी बढे पनि सरकारले नियन्त्रणका लागि कुनै पहल नगरेको बताएपछि रिजालले थप समय मागेर बोल्दै आश्‍वस्त तुल्याउने प्रयास गरेका हुन्।

उनले कांग्रेस र सरकारी संस्थान उस्तै भएको बताएका छन्। ‘सरकारी संस्थान र कांग्रेस उस्तै हुन् । जसलाई जे मन लाग्यो त्यही छ। कुनै अनुशासन छैन। अराजकता छ’, उनले भने, ‘सरकारी संस्थान ट्रेड युनियन र व्यवस्थापनको मिलेमतोमा ध्वस्त पारिएको छ। अहिलेकै अवस्थाबाट संस्थान चल्न सक्दैनन्। त्यसैले सार्वजनिक निजी साझेदारीमा चलाउनका लागि निजीकरण समितिमा छलफल गरिरहेका छौं।’

मन्त्री रिजालले निजी उद्योगलाई श्रमिक भर्नामा केही खुकुलो व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। कर्मचारी भर्नामा खुकुलो व्यवस्था नगरे उद्योगीहरु थप पलायन हुने उनको भनाइ छ। ‘उद्योगीहरु ट्रेड युनियनका कारण सकेसम्म नेपाली श्रमिक राख्‍नै चाहँदैनन्। त्यसैले उनीहरुका लागि केही लचिलो व्यवस्था आवश्यक छ’, उनले भने।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.