logo

लागू औषध गाँजा सहित नेपाली र भारतीय गरि ७ जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८० सावन २२ गते ०६: ११ मा प्रकाशित     526   पटक पढिएको

सीमरा । जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलमा १ सय ५७ केजी प्रतिवन्धित लागु औषध गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

आईतबार बेलुका ६ बजेको समयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगञ्जमा अबैध लागू औषध ओसार पसार गरी रहेको गोप्य सूचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय सिमराको टोलीले गाँजा सहित सातजनालाई पक्राउ गरेको हो ।


बा. ११ च। ४९९२ नम्बरको स्कारपियोमा जितपुर सिमरा वडा नम्बर १ बस्ने किताव सिंह नेगीको छोरा वर्ष ३९ का रोशन नेगीले ओसार पसार गरिरहेको अवस्थामा ६ पोकामा १ सय ५७ किलो ग्राम अबैध लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

मकवानपुरको भैसेबाट बा. ११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका गाँजा ल्याएको सूचना प्रहरीले प्रप्त गरेको थियो ।

गाँजा ओसारपसारमा अन्य ४ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कुरा समेत प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने अन्दाजी बर्ष ३० को मुकेश लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ बस्ने अन्दाजी बर्ष ३३ को बुद्द पाख्रिन रहेका छन् ।

त्यस्तै भारतको जिल्ला बहराईच बस्ने अन्दाजी बर्ष २६ को अलि अहमद भाट, भारत, मोतिहारी बस्ने बर्ष २३ को जमालुदिन खान, १८ बर्षीय देव कुमार, बर्ष ३५ को जागिरदिन मियाँलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक न्यौपानले बताउनुभयो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.