logo

गोल्छाको चीनीमिल संघाईको त्रिवेणी ग्रुपले किन्यो

 इसीमाना सम्वाददाता     २०८० सावन १२ गते १०: ३३ मा प्रकाशित     417   पटक पढिएको

बीरगंज । गोल्छा ग्रुप र विशाल ग्रुपले ऋण नतिरेपछि नेपाल बैंकले लिलामीमा निकालेको रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लिलाम भएको छ ।

 

श्रीराम सुगर मिल्स सांघाईहरु (रामचन्द्र सांघाई र विरेन्द्र सांघाई ) को त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले किनेको हो । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजमा त्रिवेणी ग्रुपसहित शिवशक्ति ग्रुपको लगानी छ ।

 

रिलायन्स सुगरले ४३ करोड ६० लाखमा श्रीराम सुगर मिल्स सकारेको हो ।

श्रीराम सुगर मिल्सले ऋण नतिरेपछि नेपाल बैंकले गत जेठ ३२ गते लिलामीको प्रक्रिया सुरु गरेको थियो । बैंकले साउन ४ गतेसम्म लिलाम बढाबढमा बोलपत्र पेश गर्न भनेको थियो ।

 

बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको भएपनि रिलायन्स सुगरले ४३ करोड ६० लाख कबोल गरेर सकारेको हो ।

श्रीराम सुगर मिल्समा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कर्मचारी सञ्चय कोषले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । ऋणको ब्याजसमेत जोड्दा साँवा र ब्याजसहित अहिले २६ करोड रुपैयाँ पुगेको छ ।

श्रीराम सुगर मिल्समा गोल्छा समूहले साझेदार भित्र्याउने क्रममा विशाल ग्रुपलाई प्रवेश गरायो । उद्योगले १ः३ को अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको माग गरेको भएपनि धितोपत्र बोर्डले स्वीकृति दिएन ।

 

त्यसपछि २०४९ साल साउनमा गोल्छा समूहले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन देखि पूर्णरूपमा बन्द भएको थियो। रौतहट गरुडामा रहेको श्रीराम सुगर मिल्सको नाममा ८० बिगाहा जमिन छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.