logo

भंसार बिभागको लेवल लगाउने सम्बन्धी प्रावधान फिर्ता लिन वीरगंज उधोग बायिाज्य संघको माँग

 इसीमाना सम्वाददाता     २०८० सावन ११ गते ०२: ५० मा प्रकाशित     443   पटक पढिएको

वीरगञ्ज । नेपालका ब्यवसायीहरुले भन्सार विभागले जारी लेबलिङ प्रावधानको बिरोध गरेका छन । सीमा क्षेत्रसँग जोडिएका सहरहरूमा रहेका ब्यवसायीहरुको संगठन मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले एउटा संयुक्त प्रेस विज्ञप्ति निकालेर बिरोध गरेका हुन ।

 


वीरगंज उधोग बाणिज्य संघले पनि बिहिवार एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रावधान फिर्ता लिन माँग गरेको छ ।

भन्सार विभागले गत असार २२ गते जारी गरेको “लेबल लगाउने सम्बन्धी सूचना” का कारण व्यवसायीहरू माझ अन्योल एवम् एक किसिमको त्रासको वातावरण सृजना भएकोले फिर्ता लिन माँग गरेका छन ।


“२०८० साउन १ गतेदेखि लेबलिङ कार्यान्वयनमा ल्याउने भनिएको उक्त प्रावधान भएको र त्यसको अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्री प्रभावित हुन पुगेको उनीहरुको ठहर छ ।

 

व्यवसायीहरूले भन्सार विभागद्वारा जारी गरिएको लेबलिङ सम्बन्धी प्रावधानलाई उद्योगी, व्यवसायी र व्यापारीमाथि विभिन्न सरकारी निकायहरूको नियन्त्रणात्मक गतिविधिका नाममा हुने नीतिगत हस्तक्षेपकाको पछिल्लो संस्करण बताएका छन् ।

 

“उद्योग, व्यापार, व्यवसायहरू अनेकानेक समस्याका बाबजुद जेनतेन व्यापार व्यवसाय सञ्चालन गर्दै आएकोमा विभिन्न सरकारी निकायहरूबाट नियन्त्रणात्मक गतिविधिका नाममा भइरहेको अनपेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किँदै गइरहेको छ ।

 

जसको पछिल्लो संस्करणको रूपमा लेबलिङ सम्बन्धमा भन्सार विभागद्वारा जारी सूचनाले थप अन्योल सिर्जना गरेको छ,” विज्ञप्तिमा लेखिएको छ ।

त्यस्तै उनीहरूले भन्सार प्रशासनले पछिल्लो केही महिनादेखि राजश्व सङ्कलनको नाममा आयातकर्ताहरूलाई दुःख दिइरहेको बताएका छन् ।

 

भन्सार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भन्सार जाँच पास नगरेर वर्षौँ पुरानो कार्यविधि अर्थात् सन्दर्भ मूल्य पुस्तिकाका आधारमा माल बस्तुको मूल्याङ्कन गरेको कारण व्यवसायीहरू ५० प्रतिशतसम्म जरिवाना तिर्न बाध्य भएको उनीहरूको भनाई छ । यस्तै माल वस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा भन्सार जाँच पास गर्नुपर्नेमा भन्सार प्रशासनले आफूखुसी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिँदा आयातकर्ताहरू आक्रान्त भएको उनीहरूको कथन छ ।

 

उनीहरूले यस्ता अव्यवहारिक र अन्यायोचित कार्य यथाशीघ्र बन्द गरी पैठारीकर्ताले पेस गरेको बिल बिजकका आधारमा भन्सार मूल्याङ्कन गर्न माग गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.