logo

सवारी ब्यवस्थापन शुल्कका नाममा ठेकेदार पक्षद्वारा गैरकानूनी रुपमा रकम असुली 

      7/28/2020 गते 00 00 मा प्रकाशित     1911   पटक पढिएको

बीरगंज महानगरपालिका भित्र चालु आर्थिक वर्षकालागि सवारी ब्यवस्थापन सेवा शुल्क उठाउने ठेक्का पाएको ठेकेदार कम्पनीले गैरकानुनी रुमा रकम असुल गरेको पाइएको छ ।

 

ठेकेदार कम्पनी श्री आर्यन कन्सट्रक्सनले ठेक्का बन्दोबसतीको बोलपत्रमा उल्लेख भएको शर्त र कार्यविधि बिपरित गएर रकम असुली गरिरहेको छ ।

 

बोलपत्रको कार्यविधिको बूदा नं १७ मा प्रष्ट रुपमा बीरगंज महानगरपालिकाले निर्माण गरेका सडकहरुमा चल्ने सवारी साधनहरुबाट मात्र सवारी ब्यवस्थापन शुल्क संकलन गर्न पाइने छ  भनेर उल्लेख छ । शर्त र कार्यविधिमा नभएको स्थानमा गएर ठेकेदार कम्पनीले जोरजुलुम गरेर कानूनको धज्जी उडाउदै करका नाममा रकम असुल गरिरहेको छ । 

 


बीरगंजको तिलावे पुल भन्दा अगाडि बिन्दवासीनी, आइसीपी अलौ चोक, बाइपासको पिप्रा लगायतका दर्जन भन्दा बढी स्थानमा ग्याङ परिचालन गरेर ठेकेदार कम्पनीले रकम असुल गरिरहेको छ । 


बीरगंज महानगरपालिकाले चलन पूर्जी दिदा बिभिन्न किसीमका सवारी साधनको सवारी ब्यवस्थापन शुल्क तोकेको छ । बिशेष गरि भारतबाट आउने भारतीय सवारी साधनमा ठेकेदार कम्पनीले महानगरले तोकेको रकम भारतीय मुद्रामै लिने गरेको छ ।

 

१० चक्के भारतीय नम्बर प्लेट भएको ट्रकलाई महानगरले ३ सय रुपैया उठाउने इजाजत दिएको भएपनि ठेकेदार कम्पनीले २ सय ५० भारतीय मुद्रा लिने गरेको छ । ठेकेदार कम्पनीले दिने रसीदमा पनि २ सय ५० नै लेखेर दिने गरिएको छ । नगरपालिकाले तोकेको रेट भन्दा यो १ सय रुपैयाले बढी हो । रकम असुलीको यो काम पनि गैरकानूनी हो ।   


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.