logo

सम्झौता पनि छैन ,पहिलो किस्ता दाखिला पनि छैन ,नियम बिपरित ठेकेदार कम्पनी सवारी कर असुल्दै

      7/19/2020 गते 00 00 मा प्रकाशित     1867   पटक पढिएको

बीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षकालागि सवारी ब्यवस्थापन सेवा शुल्क ठेक्कामा लागउने प्रक्रिया बिपरित ठेकेदार कम्पनीलाई शुल्क उठाउन अनुमती दिएको छ । 

 


यस वर्षकालागि आर्यन कन्सट्रक्शनले ४ करोड ९० लाखमा सवारी ब्यवस्थापन सेवा शुल्ककालागि ठेक्का कबोल गरेको छ । 
बीरगंज महानगरले जेठ २ गते ठेक्का बन्दोबस्तीकालागि ३० दिनको सूचनामा शिलबन्दी बोल पत्र आव्हान गरेको थियो ।

 

तर सो ठेक्का असार ३० गते महानगरले स्वीकृत गरेको देखिन्छ । महानगर ठेक्का स्वीकृत पनि सात दिने आशय पत्र प्रकाशन गर्नु पर्ने प्रावधान रहेको छ ।

 

आशय पत्र प्रकाशनको म्याद सकिएपछि मात्र ठेक्का बन्दोवस्ती सकार गर्ने कम्पनी र बीरगंज महनगर पालिकाका वीचमा सम्झौता भएपछि मात्र चलन पूर्जी जारी हुने प्रावधान रहेको छ । महानगरले सात दिने आशय पत्र प्रकाशन गरेपछि पनि ठेक्का सकार गरेको कम्पनीले सम्झौतामा भाग नलिन पनि सक्छ । 


तर बीरगंज महानगरपालिकाले ठेक्का सकार गर्ने कम्पनीसंग सम्झौता नै नगरि सवारी कर असुल्न चलन पूर्जी जारी गरेको छ । चलनपूर्जी दिदा पहिलो किस्ता ठेकेदार कम्पनीले महानगरमा दाखिला गर्नु पर्नेमा त्यो पनि बुझाएको छैन । 


ठेक्का बन्दोबस्तीकालागि प्रक्रिया शुरु गर्दा असार मसान्तमा सम्झौतमा गरेर साउन १ गते चलन पूर्जी जारी गर्ने समय हुदा हुदै म्याद गुजार्ने काम किन भयो ? अहिले यो प्रश्न गम्भिर रुपमा उठन थालेको छ ।

 

बीरगंज महानगरपालिकाका राजस्व ब्यवस्थापन महाशाखाका प्रमुख रामदयाल यादव बीरगंज महानगरपालिकाको असार ३० मा भएको कार्यपालिकाको बैठकले ठेक्का सकार गर्ने कम्पनीलाई चलन पूर्जी दिने निर्णय गरेको बताउनुहुन्छ । तर कार्यपालिकाका एक सदस्यले त्यस्तो निर्णय नभएको दावी गर्नु भयो । 


सार्वजनीक खरिद ऐन २०६३, स्थानीय तह संचालन ऐन २०७४ र बीरगंज महानगरपालिकाको आर्थिक ऐन २०७७ अनुसार ठेक्का बन्दोवस्त भएको अवस्थामा ठेक्का सकार गर्ने कम्पनीसंग समझौता नहुदै र उसले ठेक्का रकम वापतको पहिलो किस्ता महानगरमा दाखिला नगर्दै उसैलाई सेवा शुल्क उठाउन दिने निर्णय गर्ने नगरपालिकाको बोर्डले कुन कानूनको साहारा लिएको हो भन्ने प्रश्न उठेको छ ।

 

महानगरको बोर्डले गर्ने सबै निर्णय काूनन सम्मात हुन्छन वा त्यसले कानून झै काम गर्न सक्छ भन्ने हुदैन एक जना कानून ब्यवसायीले भन्नु भयो “महानगर बोर्डको निर्णण पनि काूनन सम्मत हुनु पर्छ उसको निर्णय कानून सरह हुदैन ।

 

महानगर प्रमुख बिजय कुमार सरावगीले भने सवारी ब्यवस्थापन शुल्क उठाउनकालागि दिइएको निर्णय सार्वजनीक खरिद ऐन अनुसार नै भएको बताउनु भयो । उहाँले ठेक्का रकम बोलकबुल अंकमा दिनमा पर्न आउने रकम दामासाही गरेर जसलाई ठेक्का परेको हो उसैलाई दश दिन अर्थात साउन १० गते सम्म उठाउन दिइएको बताउनु भयो ।

 

उहाँले बोर्ड बैठकमा छलफल भएर यस्तो निर्णय गरिएको बताउनु भयो । आशय पत्र प्रकाशन पछिको प्रक्रिया गर्नु पर्दा यस्तो निर्णय लिन परेको उहाँले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.