logo

स्थानीय सरकारहरु बजेट पेश गर्दै,शिक्षा, स्वास्थ्य, पर्यटन तथा भौतिक पूर्वाधार प्रथामिकताका क्षेत्र

 इसीमाना सम्वाददाता     २०८० असार १० गते ०९: ०९ मा प्रकाशित     645   पटक पढिएको

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४१ करोड ८८ लाख रुपैयाँको बजेट पेश गरेको छ ।

आइतबार आयोजित गाउँपालिकाको ९ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले अगामी आर्थिक वर्षकालागि ४१ करोड ८८ लाख रुपैयाँको बजेट पेश गरेका हुन।

अध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, धार्मिक स्थल तथा भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

बजेटमा शिक्षा तर्फ २ करोड ३५ लाख २० हजार, स्वास्थ्य तर्फ १ करोड १३ लाख, कृषि तर्फ ८५ लाख ५५ हजार, मठमन्दिर तथा मस्जिद जस्ता धार्मिक सम्पदाका लागि १ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको यादवले जानकारी दिए ।

यसैगरि पर्साको पटेर्वासुगौली गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३८ करोड १५ लाख ६ हजार ३ सय रुपैयाँको बजेट पेश गरेको छ ।


आइतवार सम्पन्न ११ औँ गाउँसभा उपाध्यक्ष ममता महतो थारुले बजेट पेश गरेकी हुन । पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको पालिकाका अध्यक्ष दिनेश चौधरीले बताए ।

शनिवार पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष का लागि ५५ करोड ७० लाख बराबरको बजेट पेश गरेको छ ।

शनिबार सम्पन्न नगरपालिकाको नवौं नगरसभामा उपमेयर पूजा चौधरीले ५५ करोड ७० लाख ३८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रममा पर्सागढी नगरपालिकाले कृषि, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथकिता दिएको बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.