logo

बिगत १३ वर्षमा मधेशका दश लाख युवा बैदेशीकर रोजगारीमा, सबैभन्दा कम पर्साका

 इसीमाना सम्वाददाता     २०८० जेठ १८ गते ०५: ५७ मा प्रकाशित     487   पटक पढिएको

जनकपुरधाम । पर्सा जिल्लाबाट बितेको १३ वर्षमा बैदेशीक रोजगारीमा ४५ हजार ८ सय ६३ जना युवायुवती गएका छन । बितेको १३ वर्षमा मधेश प्रदेशबाट भने १० लाख ३९ हजार ७५४ जना युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् ।


सबभन्दा बढि धनुषा जिल्लाबाट २ लाख १६ हजार १२२ जना विदेशिएका छन् ।महोत्तरीबाट १ लाख ९६ हजार ८९५ जना, सिरहाबाट १ लाख ७८ हजार २३५ जना, सप्तरीबाट १ लाख २७ हजार १४८ जना, सर्लाहीबाट १ लाख २६ हजार ६५६ जना, रौतहटबाट ७५ हजार ७०२ जना, बाराबाट ७३ हजार १३३ जना छन ।

 

सुरक्षित आप्रवासन (सामी) परियोजनाले उपलब्ध गराएको तथ्यांक अनुसार बैदेशीक रोजगारीमा जाने संख्या मधेश प्रदेशमा सबै भन्दा कम पर्साका रहेका छन ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थाले पनि रेमिट्यान्स भने घटिरहेको देखिन्छ । यो अवधिमा हुण्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकारहरु बताउँछन् । यद्यपी चालु आर्थिक वर्षको मासिक रेमिट्यान्सको अवस्था संतोषजनक रहेको देखिन्छ ।


गत साउनमा ९२ अर्ब २ करोड, भदौमा ९४ अर्ब ८ करोड, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५ करोड, पुसमा १ खर्ब ४ अर्ब ६ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४ करोड र चैतमा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्सवापत नेपाल भित्रिएको तथ्यांक छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.