logo

प्रदेश सरकारको निर्देशन बिपरित गौरको सरकारी अस्पतालको रकममा अध्यक्ष हासमीको रजाई, रकम सोझै अध्यक्षको खल्तीमा

 इसीमाना सम्वाददाता     २०८० जेठ १३ गते ०९: ११ मा प्रकाशित     1047   पटक पढिएको

गौर । अस्पतालको पैसामा अनिमितता गर्ने गौर अस्पतालका बिकास समितिका अध्यक्षलाई मधेश प्रदेश सरकारका मुख्यमंत्रीले कारवाही गर्नु पर्ने आवाज उठेको छ ।

 


अस्पताल बिकास समितिका अध्यक्ष मोहमद अनवर हासमीले अस्पतालमा उठेको रकम बैंक दाखिला नगरि आफनो मनमौजीमा खर्च गर्दै आएका छन ।

 

०७९ चैत ११ गते सामाजिक बिकास मंत्रालयको महाशाखा प्रमुख डा. मुक्ति नारायण साहले एक पत्र मार्फत अअस्पतालको रकम बैंक दाखिला गर्न र बिकास समितिको निर्णय अनुसार खर्च गर्न निर्देशन दिएका छन । साहले आर्थिक नियमावली तथा बिकास समितिको निर्णय अनुसार खर्च गर्न निर्देशन दिएका छन ।


अस्पताल बिकास समितिका अध्यक्ष हासमी जनता समाजवादी पार्टीको नेता भएकोले उनी दण्डीत हुनु पर्नेमा उन्मुक्ति पाउदै आएका छन भन्ने बैद्धिक जगतमा चर्चाको बिषय बनेको छ ।


गौर सिथत प्रादेशी अस्पतालमा ०७९ साल मङ्सिर १५ देखी फाल्गुन १५सम्म संकलन भएको २९ लाख मध्ये १० लाख रुपैया अस्पतालको खातामा दाखिला भएको र अन्य रकम अध्यक्षले खर्च गरेको तथ्य सार्वजनीक भएको छ ।


सरकारी राजस्व हिनामिना गरेका हासमीलाई कारवाही गर्न गौरका स्थानीय बुद्धिजीवीले माँग गरेका छन। मुख्यमंत्री सरोज कुमार यादवलाई समेत अनियमितता गर्ने हासमीले बदनाम गर्न सक्ने भन्दै उनीहरुले चिन्ता समेत ब्यक्त गरेका छन ।

 

हासमीले मुख्यमंत्री सरोज यादवसंगको तस्विर देखाएर आफूलाई केही नहुने दावी गर्दै आएका छन । जसले गर्दा मुख्यमंत्रीले नै हासमीलाई संरक्षण दिएका त छैनन भन्ने आशंका समेत स्थानीयले गर्न थालेका छन ।

 

हासमीले काउंटर बाट गाएव भएको रकम बैंकमा दाखिला गराएर विना कुनै कार्यवाही छुट पाएको भन्दै गौरमा ब्यापक चर्चा शुरु भएको छ ।
मुख्यमंत्रीको स्वागत , कमर्चारीको जन्म दिन , अतिथि सत्कारको नाउमा समितिको सदस्यको अनुमति निर्णय बेगर जथाभावी रुपमा हासमीले रकम खर्च गरेको स्रोतको दावी छ ।

 

सरकारी अस्पतालमा उपचार गराउन गरीव ,असहाय ,आर्थिक अवस्था कमजोर भएका बर्ग समुदायका व्यक्ति जाने गर्छन , अस्पतालले दिने ९८ प्रकारका औषधि विरामीले पाउदैन ,बाहिर बाट किन्न लगाउने कार्य प्रति निगरानी गर्ने की छूट दिने भन्ने प्रश्न पनि यतिवेला पेचिलो रुपमा उढेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.