logo

टायल उत्पादनको क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी

 इसीमाना सम्वाददाता     २०८० बैशाख १७ गते ०७: ०८ मा प्रकाशित     458   पटक पढिएको

नेपालको प्रख्यात व्यावसायिक घराना मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन गर्ने उधोग खोल्ने भएको छ ।

 

मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३ मिलियन वर्गमिटर वार्षिक क्षमताको टाइल उत्पादन उधोग सञ्चालन गर्ने भएको हो ।

मुरारका ग्रुपले फागुनमा भारतीय कम्पनी सोमानीसँग सम्झौता गरेको हो । नेपाली बजारमा देखिएको टाइलको आवश्यकतालाई पुरा गर्न योगदान दिने बिश्वास मुरारका ग्रुपका प्रवन्ध निर्देशक पशुपती मुरारकाले ब्यक्त गरे ।

मुरारका ग्रुपले नवलपरासीमा १ अर्ब ८१ करोड १७ लाख ४८ हजार कुल पुँजीसहित सेराप्रो नेपाल प्रालि उद्योग दर्ता गरेको छ । कम्पनीले वार्षिक १ करोड ९५ लाख पिस फ्लोर टायल र ९५ लाख पिस भित्तामा लगाउने टायल उत्पादन गर्नेछ । कम्पनीका अनुसार उक्त उद्योगमा २३७ जनाले रोजगारी पाउनेछन् ।

यसैगरि टायल क्षेत्रमा सबैभन्दा बढी अरिहन्त इन्फ्रास्ट्रक्चरले लगानी गर्ने भएको छ । विभागमा दर्ता गरेको विवरणअनुसार कम्पनीले सुनसरीमा ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार पुँजीको उद्योग दर्ता गरेको हो ।

अरिहन्त ग्रुपद्वारा सञ्चालित अरिहन्त इन्फ्रास्ट्रक्चरले टायल उत्पादन गर्ने गरी लगानी थप गरेको हो । कम्पनीले कोइला, कप्पर, ब्याट्री, कन्डक्टर, जिपसम, रेजिनजस्ता वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । विराटनगरमा कार्यालय रहेको कम्पनीले इटहरी र वीरगन्जका दुई शाखाबाट कारोबार गर्दै आएको छ ।

विभागमा दर्ता भएअनुसार पशुपति सिरामिक्स प्रालिले वार्षिक ८० लाख पिस वाल र फ्लोर टायल उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको छ ।

कम्पनीले कुल पुँजी ९५ करोड लगानीमा बाराको जितपुरसिमरा उपमहानगरपालिकामा उद्योग स्थापना गर्ने भएको छ । कम्पनीमा ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी लगानी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.