logo

कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकास पटेर्वा सुगौलीको प्रथामिकता,पोखरियाले बिनियोजन गर्यो ४१ करोड  

      6/25/2020 गते 00 00 मा प्रकाशित     1732   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्षकालागि बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकासलाई प्राथमिकता दिइएको छ ।

 गाउँपालिकाले बुधवार अयोजीत गाउँसभामा प्रस्ुतत गरिएको नीति तथा कार्यक्रम यस्तो प्रथामिकता तय गरिएको हो । 
गाउँपालिकाले आफूले तोकेको प्रथामिकतालाई प्राप्त गर्नकालागि ३४ करोड २८ लाख ४९ हजार ४ सय १० रुपैयाको बजेट  पेश गरेको छ  । 


गाउँपालिकाभित्र सार्वजनिक शौचालय बनाउने, सिञ्चाइको उचित व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्ने, वृक्षारोपण गर्ने, बेरोजगारी अन्त्य गर्ने लगायत प्रमुख योजनाका रुपमा अघि सारिएको गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले बताउनु भयो ।

 

पटेर्वा सुगौलीमा गाउँसभाले नै कुन प्राथमिकताको क्षेत्रमा कति बजेट छुट्याउने भन्ने तय गर्नेछ । गाउँपालिकाले संघीय सरकार वित्तिय समानीकरण अनुदान ९ करोड ९६ लाख, शसर्त अनुदान १३ करोड २५ लाख, समपुरक अनुदान ८० लाख, राजश्व बाँडबाट ६ करोड ६५ लाख ७२ हजार ४ सय १० रुपैयाँ आउने अनुमान गरेको छ ।

 

त्यस्तै प्रदेश सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान ६९ लाख ५६ हजार, शर्सत अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, सवारी साधन कर बाँडफाँड ३९ लाख २१ हजार प्राप्त हुने गाउँपालिकाको आय विवरणमा उल्लेख छ ।

 

गाउँपालिकाको आन्तरिक आम्दानी तथा अन्य आय १ करोड ५० लाख हुने अनुमान लगाएको छ । यसैगरि पोखरिया नगरपालिकाको आर्थिक बर्ष २०७७ ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।  ४१ करोड ७१ लाख ४५ हजार ४ सय बराबरको बजेट नगर सभामा  प्रस्तुत गरिएको हो ।

नगर प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा भएको सभामा उप प्रमुख सलमा खातुनले अगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

 प्रस्तुत गरेको बजेट अनुसार व्यय तर्फ अनुमानित चालु खर्च २६ करोड ४२ लाख ८५ हजार ४ सय ८० रहेको वताइन ।

यस्तै पुजींगत खर्च तर्फ रु १४ करोड ७८ लाख ६० हजार रहेको छ । जसमा प्रदेशको सर्शत ८० लाख, प्रदेश समानीकरण ७१ लाख ८ हजार, विकास तर्फ समानिकरण संघको ११ करोड ४९ लाख , संघिय सम्पूरक अनुदान ८८ लाख, सवारी साधन कर ४० लाख ५२ हजार, बिशेष अनुदान ३ लाख सम्पूरक अनुदान २ लाख रहेको जानकारी गराइन ।

उप प्रमुख खातुनले राजश्व तथा आन्तरिक आय रु ५० लाख, नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान अन्तर्गत रु ११ करोड ४९ लाख, सर्शत अनुदान १९ करोड ३२ लाख, संघिय सम्पूरक अनुदान रु ८८ लाख, राजश्व बांडफाडबाट प्राप्त ७ करोड १० लाख ८५ हजार ४ सय ८०, प्रदेश सरकारबाट प्राप्त हुने वितिय समानिकरण अनुदान रु ७१ लाख ८ हजार, सर्शत अनुदान रु ८० लाख, बिशेष अनुदान रु ३० लाख, सम्पूरक अनुदान २० लाख गरी नगरपालिकाको कुल आय ४१ करोड ७१ लाख ४५ हजार ४ सय रहेको प्रस्तुत गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.