logo

सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढायो

 इसीमाना सम्वाददाता     २०७९ फागुन १९ गते ०६: ४६ मा प्रकाशित     302   पटक पढिएको

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ ।

 

राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवका अनुसार विभिन्न कारण दूध उत्पादन लागत मूल्य बढेकाले किसानको हितलाई ध्यानमा राखेर मूल्य बढाउन प्रस्ताव गरिएको थियो ।

२०७४ सालदेखि हरेक २–२ वर्षमा दूधको मूल्य बढाउने प्रणाली बनाइएको भए पनि यसपटक किसानको लागत धेरै बढेको पाइएकाले १ वर्षमै बढाउन प्रस्ताव गरिएको उनले बताए ।

 

गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो ।

यसपटक किसानका लागि कम्तीमा ७ रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले ९ रुपैयाँ १ पैसा बढाएको छ । ‘हामीले कम्तीमा किसानले प्रतिलिटर ६३ रुपैयाँ ४ पैसा पाउने गरी मूल्य बढाउन प्रस्ताव गरेका थियौं,’ बोर्डका कार्यकारी निर्देशक यादवले भने ।

बोर्डले हालै गरेको अध्ययनले किसानको दूध उत्पादन लागत प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पाइएको थियो । ‘हामीले आफैं फिल्डमा गएर पनि अध्ययन गर्‍यौँ, स्वतन्त्र रुपमा पनि अध्ययन गरायौं,’ उनले भने, ‘त्यसै आधारमा मूल्य बढाउन प्रस्ताव गरेका थियौं ।’

विश्वव्यापी महामारी कोभिड(१९ का कारण दूध उत्पादन लागत ११.५३ प्रतिशतले बढेको उनले बताए ।

अहिले देशभर वार्षिक करिब २५ लाख टन दूध उत्पादन भइरहेको छ । गत वर्ष २४ लाख ८० हजार टन दूध उत्पादन भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

उत्पादितमध्ये १७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट कारोबार हुने गरेको बोर्डले जनाएको छ । बाँकी ५० प्रतिशत घरेलु प्रयोजन र घर(घरबाटै छिमेकीकहाँ खपत देखिएको छ ।

‘हामी दूधमा करिब आत्मनिर्भर छौं,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले दुग्ध उत्पादन किसानको पक्षमा निर्णय गर्नैपर्छ ।’

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.