logo

आफनै सरकार बिरुद्ध महानगर अध्यक्ष, अर्धनग्न हुदै भने डुबन्ते अर्थमंत्री चाहिदैन

      6/3/2020 गते 00 00 मा प्रकाशित     2194   पटक पढिएको

बुधबार दिउँसो  वीरगन्जको मुख्य चोक घण्टाघरमा एकहुल अर्धनग्न युवाहरुको भीड देखापर्यो । गर्मीको तातो बाफमा सडकमा उत्रिएका युवाहरुलाई पानीले भिजायो ।

 

प्रचण्ड गर्मीमा पानीको शितलता पाएका युवाहरुले सडकमा कर तिर्न नसक्ने घोषणा गरे ।   सरकारले कर तिर्न सूचना जारी गरेको विरोधमा प्रदर्शन उत्रिएका युवाहरुले कर तिर्न जारी गरेको समयावधीलाई सम्बेदनहिनताको परिणाम भएको बताए ।

 

 पानीमा भिजेका युवाहरुले आफूले लगाएको कपडा खोलेर सडकमा फाले अनी भने “सरकार यो कपडा बेचेर कर तिर ” । यो सृजनात्मक आन्दोलनको अगुवार्य भने नेकपा बीरगंज महानगर कमिटीका अध्यक्ष रहवर अन्सारीले गर्नु भएको थियो ।  

 

आम नगरवासीको तर्फबाट जनता भोका छन, चूल्हो निभेको छ, अर्थभन्त्री मुर्दावाद, कर तिर्न सक्दैनौं, बैंक व्याज मिनाह गर, व्यापारीलाई मार्न पाईदैन, डुबन्ते अर्थमन्त्री चाहिदैन लगायतका नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन गरिएको थियो ।  

 

महानगर अध्यक्ष अन्सारीले  संसार नै पीडामा भएको अवस्थामा देशका सरकारहरुले राहतको व्यावस्था गर्नुपर्ने, व्यापारी, मजदुरलाई परेको पीडालाई सरकारले नबुझेर कर तिर्न ताकेता गर्ने नीति ठिक नभएको बताउनु भयो ।

राजश्व विभागले जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो । तर यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय असार ७ गतेसम्मका लागि लम्ब्याएको छ ।

 

 यो संकटको अवस्थामा नागरिकसँग बाँकी रहेको शरीरको कपडा मात्रै भएकोले त्यहि बेचेर भएपनि सरकारलाई कर लेऊ भनेर सांकेतिक रुपमा विरोध गरिएको नेकपा वीरगन्ज महानगर अध्यक्ष अन्सारीको भनाई छ ।

 

तर अन्सारीको यो बिरोधलाई भने कतिपयले सार्वजनीक खपतकालागि गरिएको नाटकको संज्ञा दिएका छन ।  पार्टीका अध्यक्ष देखी सबै संग हटलाई कुरा गर्न सक्ने महानगरका अध्यक्ष यो बाटो छाडेर सडकमा किन आउनु पर्यो भन्दै यस्तो टिप्पणी गर्न थालिएको हो । 

 


 ब्यवसायीको खल्तीबाट राज्यले कर मागेको होइन कर त बस्तुको ब्यापारसंगै उपभोक्तासंग लिइएको हुन्छ त्यही कुरा दाखिला गर्न भनिएको हो बीरगंजका युवा उद्यमी नवनित अग्रवालले भन्नु भयो “सरकारले ब्यवहारिक समस्या बुझने प्रयास मात्र नगरेको हो ।

 

सरकारले कर त जसरी भएपनि लिन्छ त्यो राज्यको हो त्यसलाई हिनामिना गर्न ब्यवसायीले सक्दैनन र कर तिर्दैनौ भन्न पनि पाइन्न तर अहिले नगद रकम हातमा नभएको बेलामा सरकार ब्यवहारिक हुनु पर्ने उहाँको भनाई छ । 

कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि देश ७१ दिनदेखि (लकडाउन) बन्दाबन्दीमा छ ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.