logo

अर्थमंत्री शर्माको नीतिगत बिभेदका कारण ६ उधोग बन्द,दश उधोगको उत्पादन स्थगीत

 इसीमाना सम्वाददाता     २०७९ पौष १ गते ०९: ४० मा प्रकाशित     557   पटक पढिएको

जगदम्बाग्रुप सहित केही स्टील उधोगहरुको सिण्डीगेटका कारण नेपालका ६ वटा स्टिल उद्योग बन्द भएका छन् । ठुला कम्पनीको हित हुने गरि अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत गरेको विभेदका उधोग बन्द भएका हुन । उधोग बन्दका कारण सैयौ मजदुरको जीवन बिचल्ली भएको छ । मजदुरको पक्षपोषणको वकालत गर्ने अर्थमंत्रीको खास सेवा भने उधोगपतीको हितका निम्ति केन्द्रीत रहेको देखिन्छ ।


अर्थमन्त्री शर्माले स्पञ्ज आइरन र ब्लेडको आयातमा फरक फरक भन्सार शुल्क कायम गरेपछि ब्लेड ल्याएर फलाम बनाउने उद्योगहरु प्रतिस्पर्धा गर्न नसकी बन्द भएका हुन् ।

अर्कोतर्फ, सरकारी नीतिकै कारण बजारमा लगानीयोग्य रकम आउन नसकेको र बैंकहरुको ब्याजदर पनि बढी भएकाले निर्माणका काम ठप्प हुँदा फलामे डण्डीको माग नहुँदा उद्योग धमाधम बन्द भइरहेका छन् ।

यही नीतिका कारण नेपालको स्टिल उद्योगमा पायोनियर मानिने पञ्चकन्या स्टिलसहित १० वटा स्टिल उद्योगले उत्पादन रोकेका छन् । सँगै, ठूलो संख्यामा कर्मचारी र मजदूर कटौती गरेका छन् । यी उद्योगमा ३५ सय मजदूरले रोजगारी पाएका थिए ।

स्पञ्ज आइरन ल्याएर फलाम बनाउने उद्योगले अन्तःशुल्क छुट पाउँदा ब्लेड आयात गरेर फलाम बनाउने उद्योगको उत्पादन लागत नै प्रतिकिलो ७ रुपैयाँ महँगो हुँदा बजारमा साहिल अग्रवालको जगदम्बा स्टिलसहित केही उद्योगहरुको सिण्डिकेट रहेको बन्द भएका उद्योगका सञ्चालहरुको गुनासो छ ।


बन्द भएका उद्योगहरु

१ आरती स्टिल (मोरङ)

२ गोयल स्पात (पर्सा)

३ शालिमार स्टिल (वीरगञ्ज)

४ एसआर स्टिल (भैरहवा)

५ विनायक स्पात .(याक) (भैरहवा)

६ रत्न आइरन (भैरहवा)

उत्पादन स्थगित गरेका उद्योगहरु

१ साखः स्टिल (बारा)

२ हिमाल स्टिल (पर्सा)

३ गोदावरी स्टिल (रौतहत)

४ एभरेष्ट रोलिङ मिल (भैरहवा)

५ पञ्चकन्या स्टिल (भैरहवा)

६ गोयन्का स्टिल (भैरहवा)

७ विनायक स्पात (भैरहवा)

८ काठमाडौँ स्टिल (नवलपरासी)

९ सिद्धिलक्ष्मी स्टिल (नवलपरासी)

१० विजय स्टिल (कपिलबस्तु)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.