logo

अर्थमंत्री शर्माको नीतिगत बिभेदका कारण ६ उधोग बन्द,दश उधोगको उत्पादन स्थगीत

 इसीमाना सम्वाददाता     २०७९ पौष १ गते ०९: ४० मा प्रकाशित     711   पटक पढिएको

जगदम्बाग्रुप सहित केही स्टील उधोगहरुको सिण्डीगेटका कारण नेपालका ६ वटा स्टिल उद्योग बन्द भएका छन् । ठुला कम्पनीको हित हुने गरि अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत गरेको विभेदका उधोग बन्द भएका हुन । उधोग बन्दका कारण सैयौ मजदुरको जीवन बिचल्ली भएको छ । मजदुरको पक्षपोषणको वकालत गर्ने अर्थमंत्रीको खास सेवा भने उधोगपतीको हितका निम्ति केन्द्रीत रहेको देखिन्छ ।


अर्थमन्त्री शर्माले स्पञ्ज आइरन र ब्लेडको आयातमा फरक फरक भन्सार शुल्क कायम गरेपछि ब्लेड ल्याएर फलाम बनाउने उद्योगहरु प्रतिस्पर्धा गर्न नसकी बन्द भएका हुन् ।

अर्कोतर्फ, सरकारी नीतिकै कारण बजारमा लगानीयोग्य रकम आउन नसकेको र बैंकहरुको ब्याजदर पनि बढी भएकाले निर्माणका काम ठप्प हुँदा फलामे डण्डीको माग नहुँदा उद्योग धमाधम बन्द भइरहेका छन् ।

यही नीतिका कारण नेपालको स्टिल उद्योगमा पायोनियर मानिने पञ्चकन्या स्टिलसहित १० वटा स्टिल उद्योगले उत्पादन रोकेका छन् । सँगै, ठूलो संख्यामा कर्मचारी र मजदूर कटौती गरेका छन् । यी उद्योगमा ३५ सय मजदूरले रोजगारी पाएका थिए ।

स्पञ्ज आइरन ल्याएर फलाम बनाउने उद्योगले अन्तःशुल्क छुट पाउँदा ब्लेड आयात गरेर फलाम बनाउने उद्योगको उत्पादन लागत नै प्रतिकिलो ७ रुपैयाँ महँगो हुँदा बजारमा साहिल अग्रवालको जगदम्बा स्टिलसहित केही उद्योगहरुको सिण्डिकेट रहेको बन्द भएका उद्योगका सञ्चालहरुको गुनासो छ ।


बन्द भएका उद्योगहरु

१ आरती स्टिल (मोरङ)

२ गोयल स्पात (पर्सा)

३ शालिमार स्टिल (वीरगञ्ज)

४ एसआर स्टिल (भैरहवा)

५ विनायक स्पात .(याक) (भैरहवा)

६ रत्न आइरन (भैरहवा)

उत्पादन स्थगित गरेका उद्योगहरु

१ साखः स्टिल (बारा)

२ हिमाल स्टिल (पर्सा)

३ गोदावरी स्टिल (रौतहत)

४ एभरेष्ट रोलिङ मिल (भैरहवा)

५ पञ्चकन्या स्टिल (भैरहवा)

६ गोयन्का स्टिल (भैरहवा)

७ विनायक स्पात (भैरहवा)

८ काठमाडौँ स्टिल (नवलपरासी)

९ सिद्धिलक्ष्मी स्टिल (नवलपरासी)

१० विजय स्टिल (कपिलबस्तु)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.