logo

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीद्वारा भियतनाममा प्रो ट्रेड इन्टरनेशनल टेक पार्कको आवलोकन

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २५ गते ०७: ०३ मा प्रकाशित     742   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरु सहित होचिमिन्ह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् ।


वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीहरुले “होचिमिह सिटी”मा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) भ्रमण र अवलोकनका लागि गरेको आग्रह अनुसार सङ्घको टोलीले सो व्यापारिक पार्कको भ्रमण अवलोकन गरेका थिए ।

 

उक्त अवसरमा सङ्घको भ्रमण टोलीले व्यापारिक पार्कका महानिर्देशक संग भेटघाट तथा अन्तरक्रिया गरेको थिए ।
अन्तरक्रियाको क्रममा व्यपारिक पार्कका महानिर्देशकले व्यापारिक पार्कको विशेषताबारे वीरगञ्ज उद्योग वाणिज्य सङ्घको भ्रमण टोलीलाई प्राविधिक तथा स्थलगत रुपमा अवगत गराएका थिए ।

 

मुख्य विशेषता सम्बन्धमा महानिर्देशकले भने“ यस व्यापारिक पार्कमा कुनै व्यवसायीले त्यहाको जग्गा र भवनका लागि एक पटक लगानी गर्दा ५० बर्षसम्मको लागि प्रभावकारी हुन्छ र ५० बर्ष पछि मात्र नवीकरण गराउनु पर्ने व्यवसथा रहेको छ । जसले गर्दा यस व्यवसायीक पार्कमा विश्वका धेरै जसो देश अमेरिका, जापान, कोरिया युरोपीय मुलुकहरुका साथै अफ्रिकी मुलुकका उद्योगी व्यवसायीहरुको अत्यधिक लगानी रहेको जानकारी गराए ।


देशको आर्थिक विकासका लागि अर्थकर्मीहरुको प्रमुख भूमिका हुने रहेछ भन्ने कुरा सुनेका थियौं तर आज स्थलगतरुपमा अनुभव गरेको सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले बताए । डा.गुप्ताले यस किसिमको सुविधा नेपाल सरकारले पनि उपलब्ध गराउनु सक्यो भने नेपालको आर्थिक सबलता अन्य मुलुक भन्दा अगाडी रहने बताए ।

 

वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको सिमरामा नेपाल सरकारले स्थापना गरेको इपीजेडकोमा जग्गाको मूल्य धेरैनै रहेकोले उद्योगी व्यवसायीहरु उक्त ठाउँमा उद्योग लगाउन सकि रहेका छैन अध्यक्ष डा.गुप्तााको भनाई थियो ।


उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।


वीउवासङ्घका व्यापारिक प्रतिनिधिमण्डल गत एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.