logo

वीरगंज उधोग वाणिज्य संघको टोली सिंगापुरमा,नेपालको आर्थिक बिकासका बिषयमा छलफल

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक २१ गते ०८: १२ मा प्रकाशित     758   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको व्यापारिक भ्रमण टोलीले सिंगापुरका विभिन्न औद्योगिक एवम् व्यावसायिक प्रतिष्ठानका सञ्चालक तथा उद्यमीहरुसँग पहिलो चरणको छलफल सम्पन्न गरेको छ ।


छलफलका क्रममा अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने, नेपाली जडिबुटीको लागि अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नेपाललाई एजुकेशन हबको रुपमा विकसित गर्ने, नेपालमा उपलब्ध खनिज पदार्थको लागि वैदेशिक बजारको खोजी गर्ने, अपार सम्भावना बोकेको हाइड्रोपावरहरुको निर्माणको लागि वैदेशिक लगानी निम्त्याउने, सिंगापुर र भियतनामले अंगिकार गरेको विकास नीति नेपालको लागि पनि अनुशरण गर्ने लगायतको विषयमा सम्बद्ध पक्षहरुसँग छुट्टाछुट्टै रुपमा व्यापक छलफल गरेको थियो ।


द्विपक्षीय व्यापार विस्तार, व्यावसायिक सूचना आदानप्रदान, औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा सहभागिता, आपसी सहयोग आदानप्रदानको लागि सिंगापुर र भियतनाम चेम्बरसँग छुट्टाछुट्टै स्मृति पत्र (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्राप्त समाचारमा उल्लेख छ ।


उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, कार्यसमिति सदस्यहरु सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.