logo

प्रहरीको कारण आफूहरुले सास्ती पाएको ब्यवसायीको गुनासो

      4/27/2020 गते 00 00 मा प्रकाशित     1449   पटक पढिएको

बीरगंज १५ बैशाख । 
बीरगंजको इनर्वा प्रहरी चौकीका कारण बीरगंजका ब्यवासयीले सास्ती खेप्नु परेको गुनासो गरेका छन ।

 

आइतबार साँझ इनर्वा प्रहरीले बीरगंज भन्सार नजिकको रजत जयन्ती चोकबाट  छोहडा बोकेको ट्रक नियन्त्रणमा लिएपछि यस्तो गुनासो आएको हो । 


 वीरगन्ज १६ रजत जयन्ती चोकबाट ना ५ ख.८५९ नंबरको ट्रकमा रहेको ५ सय बोरा छोहडाको ट्रक सहित  ट्रकका चालक  वीरगञ्ज १६ बस्ने विशाल क्षेत्रीलाई पनि पक्राउ गरेको छ ।

 

परवानीपुरमा रहेको  सत्यम एग्रो प्रालीबाट वीरगञ्ज २ छपकैयामा रहेको कैलाश कोल्ड स्टोर मा लैेजानकालागि ट्रक रजत जयन्तीबाट मालपोत कार्यालय आउदै थियो । त्यही बेलामा इनार्वा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएक ब्यवसायीको भनाई छ । मालपोत भन्दा पश्चिममा रहको कोल्ड स्टोरमा जान रजत जयन्ती भएरै घुम्नु पर्छ ।

 

त्याहा पुग्ने अर्को बैकल्पीक बाटो पनि छैन । मुख्य सडकबाट ट्रकहरु लकडाउन भएर सडक खाली भएपनि हिडेका छैनन ।गर्मीको समय शुरु भएको छ । छोहडा लाई उचित तापक्रममा नराख्ने हो बिग्रन्छ त्यहीकारण कोल्डस्टोर्समा राख्न लैजान खोज्दा प्रहरीले अनावश्यक रुपमा समातेर दुःख दिएको ब्यवसायीको भनाई छ । 

प्रहरीले भने भारत निकासी हुन लागेको सूचनाको आधारमा छोहडा बोकेको ट्रक नियन्त्रणमा लिएको दावी गरेको छ ।

 

छोहडा सहितको ट्रकलाई अति आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको छोहडाको मूल्य ३७ लाख ५ हजार रहेको पर्सा प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.