logo

दालको कालोबजारी गरेको आरोपमा उधोगी चाचान सहित पाँच जना पक्राउ 

      4/26/2020 गते 00 00 मा प्रकाशित     2968   पटक पढिएको

बीरगंज  १५ बैशाख ।

लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ २ उद्योगी सहित ५ जनालाइ पक्राउ गरेको छ ।

 

पक्राउ पर्ने उद्योगीहरुमा बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका  सन्चालक मोहनलाल चाचान अग्रवाल र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह रहेका छन् ।

 

उद्योगपतिद्वय चाचान र साहसंगै प्रहरीले चाचानको उद्योगमा कार्यरत कर्मचारी सुनिल शर्मा , साहको उद्योगका कर्मचारी सुरेश प्रसाद र परवानीपुर ४ लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका कर्मचारी सन्तोष झालाइ पनि पक्राउ गरेको हो ।

 

दाल उद्योगका सन्चालक चाचान र पवन साहलाइ वीरगन्ज स्थित निवासबाट र कर्मचारीहरुलाइ भने उद्योगबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले उधोगहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज,  कृष्ण आधुनिक दाल उधोग र महावीर दाल उधोगमा अनुगमन गरेको थियो । 


अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उधोगका संचालकहरु पक्राउ परेका हुन ।

उधोगहीरुले डलरको भाउ तलमाथि भएको भन्दै आफनो बचाउको प्रयास गरेका थिए । उनीहरुको तर्क तथ्यसंगत नदेअिएपछि बिभागले कालोबजारी गरिएको ठहर गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । 


 लकडाउनको मौका छोपेर उद्योगबाट मसुरो दाल बढि मुल्यमा बिक्री गरि कालोबजारी गरेको आरोपमा दुइ दाल उद्योगका सन्चालक र ३ कर्मचारी गरि ५ जनालाइ पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

 पक्राउ परेका सबै ५ जनालाइ जिल्ला प्रहरी कार्यालय बारामा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले  बताउनुभयो । प्रहरीका अनुसार, ३ वटै उद्योगले लकडाउन भन्दा पहिले मसुरो दाल प्रति केजी ८० देखि ८५ रुपैयाको भाउमा बिक्री गरेका थिए ।

 

तर चैत ११ देखि लकडाउन शुरु भए यता दाल प्रति केजी ९४ देखि ९८ रुपैयाको भाउमा बिक्री गर्दै आएका छन् । लकडाउनमा दाल उद्योगहरुले बढस् मुल्यमा दाल बिक्री गरेको गुनासोको आधारमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको टोलीले बजार र उद्योगको अनुगमन गरेको थियो ।  लकडाउन यता ती ३ वटै उद्योगहरुबाट बजारमा बिक्री गरिएका दालको परिमाणका विषयमा पनि अनुसन्धान  भइरहेको मिश्रले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.