logo

उपभोक्ताको गुनासो पछि बजार अनुगमन,गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना

      4/24/2020 गते 00 00 मा प्रकाशित     1427   पटक पढिएको

बीरगंज  १२ बैशाख ।
बीरगंजको रानीधाटमा रहेको  गोपाल ग्लोबल ट्रेडलाई वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको अनुगमन टोलीले १ लाख रुपैया जरिवाना गरेको छ  ।

 

 मुल्य उल्लेख नगरी समान बिक्री गरेको पाइएपछि रानीघाट स्थित गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरीवाना गरिएको बाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रमुख जीत बहादुर भण्डारीले जानकारी दिनु भयो  ।लकडाउनको ३१ औं दिन शुक्रबार वीरगञ्जमा बजार अनुगमन गरिएको छ ।


अनुगमनको क्रममा बीरगंजको पानीट्याङकी स्थित सन्तोष जनरल स्टोर्स, प्रतिमा चोकको पुस्कर इन्टरप्राईजेज, बसपार्कको ब्याहुत किराना पसल र मुर्लीको पिन्टु किराना भण्डारलाई ५र५ हजार जरीवाना गरिएको छ । उनीहरुले खरिद बिल बिजक देखाउन नसकेकोले ५र५ हजार जरीवाना लिइएको भण्डारीले बताउनु भयो । 


 लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अ‍ैं घण्टा खोल्न दिइएको छ । 

लकडाउनको मौकाछोपी उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ । 


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.