logo

चालीस लाखको समान सहित ट्रक राजस्व बुझाइयो

 इसीमाना सम्वाददाता     २०७८ चैत ८ गते ०६: ४५ मा प्रकाशित     475   पटक पढिएको

चालीस लाख बरारबरको हार्डवेयरको समान सहित पक्राउ परेको मालवाहक ट्रकलाई आवश्यक कारवाहीकोलागि पर्सा प्रहरील राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

मंगलबार दिउसो करीब १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरू सहित ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगंजबाट जनकपुर लादै गरेको भन्ने सूचना प्राप्त भएको थियो ।

उक्त सूचनाका आधारमा खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा ना. ३ ख ४३५९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा खुद्रा मालवस्तुहरू फेला परेको थियो जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

बिहारमा नितिशले लिए आठौ पटक मुख्यमंत्रीको शपथ,उपमुख्यमंत्रीमा यादव

भारतको बिहारमा जनता दल युनाइटेडका अध्यक्ष नितिश कुमारले आठौ पटक मुख्यमंत्रीको शपथ लिएका छन ।

एनडीएबाट अगल भयो जदयु ,भारतको बिहारमा आठौ पटक नितिशले शपथ लिने

भारतको बिहारका मुख्यमंत्री नीतीश कुमारले मंगलवार एनडीएको मुख्यमंत्री पदबाट राजीनामा दिनै बित्तिकै उनी महागठबन्धनको नेता चुनिएका छ ।

भ्रष्टाचार गरेको पाइएपछि पंजावका मुख्यमंत्रीले आफनै स्वास्थ्यमंत्रीलाई गरे बर्खास्त

पंजाबका मुख्यमंत्री भगवंत मानले अप्रत्याशित रुपमा आफनै क्याविनेटका स्वासथ्यमंत्रीलाई मंगलवार बर्खास्त गरेका छन । स्वास्थ्यमंत्री डा. बिजय सिंगलालाई उनले बर्खास्त गरेका हुन ।

उत्तर कोरियाका पांच उद्योगहरुमा अमेरिकी प्रतिवन्ध

अमेरिकाले उत्तर कोरियाका पांच उद्योगहरुमा प्रतिबंध लगाएको छ । उत्तर कोरियाले अंतरमहाद्वीपीय बैलिस्टिक मिसाइल (आइसीबीएम) समेत विभिन्न मिसाइलको परिक्षण गरेको बिषयलाई लिएर अमेरिकाले यस्तो कदम उठाएको हो ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बलात्कार आरोपी ७० वर्षिय बृद्ध गिरफ्तार

१५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा वीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी ७० वर्षिय भुखल महतो नूनीयालाई प्रहरीले ०७९ भदौ १८ गते गिरफ्तार गरेको छ ।

नेपाल फोटो पत्रकार महासंघ पर्सामा खतिवडा सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशनले सफल खतिवडालाई अध्यक्षमा चयन गरेको छ ।

खेलकुद

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।

जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटीलाई

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५ /० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.