logo

बीरगंज पहिलो पटक जुत्ता मेला हुने ,पचास प्रतिशत सम्म छुटको घोषणा

      1/17/2020 गते 00 00 मा प्रकाशित     1738   पटक पढिएको

वीरगंज,३ माघ ।
वीरगंजमा एक महिना चल्ने प्रदेशश स्तरीय जुत्ता चप्पल व्यापार मेला आयोजना हुने भएको छ  । अगामि माघ ६ गतेदेखि फागुन ५ गते सम्म चल्ने मेलामा नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराई १ लाख जोडी जुत्ता चप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेनलमा आयोजकले मेलाको बारेमा विस्तृत जानकारी गराएको हो ।वीरगंज घण्टाघरस्थित बि.पि उद्धानमा  लाग्ने मेलामा ७ वटा विभिन्न कम्पनीको ४० भन्दा बढी स्टल राखिने छ ।

मेलामा स्वदेशी ७ वटा कम्पनीको विभिन्न ब्रान्डका जुत्ता चप्पल सस्तो सुलभ दाममा बिक्री गर्ने तयारी रहेको मेला समितिका  रामकृष्ण प्रसाइले जानकारी दिनु भयो ।मेला अवधी भर हरेक जुत्ता चप्पलको जोडीमा १५ देखि ५० प्रतिशत सम्म छुट  रहेको उहाँले बताउनु भयो ।


शिखर सुजका प्रबन्ध निर्देशक समेत रहनु भएका  प्रसाईले मेलामा शिखर,रन,बिएफ डियर हिल,सुज ल्यान्ड,कोसेली,क्रस रोल,हिल लाइफ गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीको लागि राखिने  जानकारी दिनु भाये  ।


स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र भिजिट नेपालको अवसरमा  देशको विभिन्न कुनाकाप्चाका उपभोक्ताहरुलाई सस्तो दाममा फूटवेयर अर्थात जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न मेलाको आयोजनाको उदेश्य रहेको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले बताउनु भयो ।


 नेपाल पत्रकाकर महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले प्रदेश नं २ मा पहिलो चोटी देशकै आर्थिक नगरी वीरगंजमा आयोजना गरिएको मेला नेपाली ग्राहकसंगसंगै भारतीय उपभोक्ताको लागि पनि राम्रो अवसर भएको विचार व्यक्त गर्नु भयो  । उहाँले मेला अवधी भर पर्साका सञ्चारकर्मीहरुबाट आवश्यक पर्ने मिडिया सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयोे ।बिराटनगर,हेटौडा,बुटवल,पोखरा,काठमाडौपछि प्रदेश २ को वीरगंजमा प्रदेश स्तरीय जुत्ताचप्पल व्यापार मेला आयोजना हुन लागेको हो ।पत्रकार सम्मेलनको  पत्रकार अनिल तिवारीको सहजीकरण गर्नु भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.