logo

हावाहुरीबाट चितवनमा ३० करोड भन्दा बढीको क्षति

      5/7/2018 गते 00 00 मा प्रकाशित     1746   पटक पढिएको

शिशिर सिंखडा
चितवन, २४ बैशाख ।
आईतबार साझ आएको हावाहुरीका कारण चितवनमा ३० करोड रुपैया भन्दा बढीको क्षति भएको छ । हावाहुरी, असिना पानीका कारण व्यवसायिक रुपमा लगाइएको केराखेती, व्यवसायिक मौरी, घरगोठ र तरकारी खेतीमा समेत क्षति पुगेको छ । 
केरा व्यवसायमा २० करोड भन्दा बढीको क्षति
हावाहुरी, असिना पानीबाट चितवनको केरा व्यवसायमा ठूलो असर परेको छ । केरा व्यवसायमा सो हावाहुरीको कारण २० करोड रुपैया भन्दा बढीको क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए ।

 

केराको पकेट क्षेत्रकै रुपमा रहेको पूर्वी चितवनको कालिका नगरपालिका स्थित पदमपुर, जुटपानी, रत्ननगरको माधवपुर, जिरौनामा लगाइएको केरा खेती पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै गरी भरतपुर–१ को ठिमुरामा पनि केरा व्यवसायमा प्रभाव परेको छ । 


कालिकाको पदमपुर, जुटपानी लगायत पूर्वी चितवनका विभिन्न क्षेत्रमा लगाइएको २ हजार बिगाहा मध्ये १ हजार ८ सय बिगाहाका केराहरुमा क्षति भएको छ । सो केराको ८० प्रतिशत भन्दा बढी पूर्ण रुपमा क्षति भएको पन्तले जानकारी दिए । भरतपुर – १ को ठिमुरा क्षेत्र, पूर्वी चितवनको पदमपुर, जुटपानी, सूर्यपुर, लंकालाईन, जमुनापुर, खोलेसिमल, जिरौना, भटेनी क्षेत्रमा लगाइएको केरामा क्षति हुँदा किसानहरु मर्कामा परेका छन् ।

 

केही मात्रामा बाँकी रहेको देखिएको केरा पनि काम नलाग्ने अवस्थामा रहेको पन्तले जानकारी दिए । 
केरा व्यवसाय गरेका ४ सय भन्दा बढी किसानको केरा खेतीमा क्षति भएको छ, सो केराको क्षतिको आजैबाट तथ्याङ्क संकलन गर्न शुरु गरिएको समेत जानकारी दिए ।

 

केरा व्यवसायको बीमा गर्ने प्रावधान भएतापनि करिब ३० प्रतिशत किसानले मात्र बीमा गरेको पाइएको उनले बताए । पन्तका अनुसार क्षति भएका केरा मध्ये करिब ३ करोडको मात्र बीमा भएको अनुमान छ, उनले भने । करिब ३ दिनमा केराको क्षतिको तथ्याङ्क आएपछि एकिन रुपमा क्षतिको अवस्था जानकारी गराइने समेत उनले बताए ।

 
मौरी व्यवसायमा करिब ३ करोड घाटा
हावाहुरी तथा असिना पानीबाट चितवनमा ६१ जना मौरी किसानको मौरी नष्ट भएको छ । किसानको ५ हजार १ सय ५५ घार मौरी नष्ट भएको नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पण्डितले जानकारी दिए ।

 

कालिका नगरपालिकाको पदमपुर, सूर्यपुर, लंकालाईन, गडुवा, २ सय बिगाहा, थानखोला क्षेत्र, शक्तिखोर, सिद्धि क्षेत्रमा चराउन राखिएको अवस्थामा मौरीहरु क्षति भएको अध्यक्ष पण्डितले जानकारी दिए । 
किसानहरु तारा प्रसाद ढुंगाना, सीताराम दंगाल, मातृका घिमिरे, सूर्य सुवेदी, नवीन आचार्य लगायतका किसानहरुको धेरै संख्यामा मौरीको घार नष्ट भएको छ भने अन्य किसानहरुको पनि क्षति भएको उनले जानकारी दिए । मौरीको महबाट करिब ९ करोडको आम्दानी हुने लक्ष्य लिइएकोमा हावाहुरीका कारण २ करोड ८३ लाख रुपैयाको उत्पादनमा ह्रास आउने अवस्था भएको समेत अध्यक्ष पण्डितले बताए । मौरी किसानहरु मध्ये २२ जना किसानको घार र मौरीमा ५० प्रतिशत क्षति भएको ३९ जना किसानको मौरीमा ५० प्रतिशत क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेकोले यकिन क्षति केही दिनमा प्राप्त हुने समेत उनले जानकारी दिए ।

 
मकै, तरकारी खेती र घरगोठमा करिब ७ करोडको क्षति
आईतबार साझको हावाहुरी, असिना पानीको कारण चितवनका किसानहरुले लगाएको मकै, तरकारी खेती तथा किसानका घर गोठ उडाउँदा ७ करोड रुपैया भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

 


कालिका नगरपालिका क्षेत्रको पदमपुर, जुटपानी लगायतका क्षेत्रका किसानको ३ करोड रुपैया भन्दा बढीको मकै तथा तरकारी खेती नष्ट भएको छ । अधिकाँश मकै र तरकारी खेती पूर्ण रुपमा क्षति भएको छ । करिब ५ प्रतिशत मात्र मकै खेतीमा क्षति नपुगेको पाइएको छ । हावाहुरीका कारण कालिका नगरपालिकाका मात्र २ सय भन्दा बढी नगरवासीको घर गोठ उडाएको छ । घर गोठ उडाउँदा करिब ४ करोडको क्षति अनुमान गरिएको छ । 

 


कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार मकैबाली, तरकारी खेती र घर गोठमा भएको क्षति ७ करोड रुपैया भन्दा बढी भएको अनुमान गरिएको छ । सबै खालको क्षतिको तथ्याङ्क संकलन शुरु गरिएको र केही दिनमा क्षतिको विवरण आएपछि यथार्थ क्षतिको जानकारी गराइने समेत नगर प्रमुख श्रेष्ठले बताए ।

 

हावाहुरी र असिना पानीको क्षतिको तथ्याङ्क संकलन गर्न वडा अध्यक्षहरु मार्फत् काम थालिसकिएको समेत श्रेष्ठले जानकारी दिए । 


हावाहुरी प्रभावित क्षेत्रमा कृषि मन्त्रीद्वारा निरीक्षण
हावाहुरी प्रभावित कालिका नगरपालिकाको पदमपुर, जुटपानी लगायतका क्षेत्रमा कृषि मन्त्री दावा लामा, प्रदेश सभाका सांसद घनश्याम दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतले सोमबार बिहानै क्षतिको निरीक्षण गरी तत्काल क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन् । 


हावाहुरीकै कारण पूर्वी चितवनका विभिन्न क्षेत्रहरुमा आइतबार साझबाट नै विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण रुखहरु ढल्नाले केही स्थानमा बाटोहरु समेत अवरुद्ध भएकोमा सोमबार बिहानबाट बाटोको अवरोध भने हटाइएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.