logo

सहकारीकर्मीको भावना समेटदै अघि बढ्ने -मेयर डा. पौडेल

      4/13/2018 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

सिमरा, ३० चैत्र । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उपमहानगरले सहकारी ऐन निर्माण गर्ने तयारी गरिरहेको भन्दै सहकारीकर्मीको भावना समेटेर आफू अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

 

जीतपुरसिमरा उपमहानगर स्तरिय सहकारी सञ्जालले शुक्रवार सिमरामा आयोजना गरेको स्थानिय तह र सहकरीकर्मीबिचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मेयर डा. पौडेलले सामाजिक रुपान्तरणका निम्ति सहकारीको भूमिका अहम रहेको र सामाजिक जागरण सहकारीकर्मी लाग्नुपर्ने बताए ।

 

मेयर डा. पौडेलले गरिबि, बेरोजगारीको अन्त्य र दिगो बिकासको लक्ष्यसहित अघि बढ्ने बताएका छन् ।

 

सहकारी संस्थामा देखिएको ब्याजदर, सेवाशुल्कको विविधतालाई एकरुपता बनाउने भन्दै मेयर डा. पौडेलले सहकारी संस्था नभएको स्थानमा नमुना सहकारी स्थापनाका लागि अग्रसर हुने बताए ।

 

मेयर डा. पौडेलले सहकारी क्षेत्रलाई सिमित ब्यक्तिको दायराबाट समुदाय केन्द्रीत बनाउने बताएका छन् ।

सहकारी संस्थाबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै मेयर डा. पौडेलले राज्य, कृषी र सहकारीको सहकार्यमा उद्योग ब्यवसायको प्रवद्र्धन गर्नतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

 

कार्यक्रममा साना किसान कृषी सहकारी संघका केन्द्रीय सञ्चलक शिवप्रसाद अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव राजुप्रसाद अधिकारीलगायतले मन्तब्य राखेका थिए ।

सञ्जालकी अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख गोविन्द ओझा, जीतपुरसिमरा उपमहानगरका सहकारी अधिकृत गोपाल खपांगीलगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको सहजीकरण रविन्द्रराज भण्डारीले गरेका थिए भने स्वागत मन्तब्य झपेन्द्र बरालले राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.