logo

यातायात क्षेत्रको विकासका निम्ति नीति बनाइने छ - मुख्यमन्त्री राउत

      3/14/2018 गते 00 00 मा प्रकाशित     1432   पटक पढिएको

सिमरा, ३० फागुन । प्रदेश नम्ब्र २ का मुख्यमन्त्री लालबाबु राउतले यातायात क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले आवश्यक नीति निमार्ण गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन  ।

 

तराई यातायात ब्यवसायी संघ सिमराको १३औं साधारण सभालाई आज सम्बोधन गर्दे मुख्यमन्त्री राउतले निजी क्षेत्र र सरकारको सहकार्य बिना विकास सम्भव नभएको बताए ।  

 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मुलुक नयाँ ब्यवस्थामा गएसंगै सबै क्षेत्रको साझा आवधारणाबाट अगाडी बढन आवश्यक रहेको बताए । 

 

यसैगरी ट्रक ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले साढे ते¥ह  प्रतिशत राजश्व मुलुकलाई बुझाउने  यातायात क्षेत्रको विकासका राज्य सहयोगी बन्न नसकेको आरोप लगाए ।

 

 १० करोड २५ लाख ३४ हजार ४ सय ९५ वार्षिक आम्दानी रहेको यस तराई यातायात ब्यवसायी संघले सवारी सदस्य धनीको लागि ५ लाख र चलकको लागि ३ लाख बराबराको दुर्घटना बिमाको सेवा दिदै आएको संघका अध्यक्ष ओमकृष्ण कार्कीले जानकारी दिए  ।

 

संघका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानान्धर, बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवार लगाएत यातायात ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा संघका महासचिव शंकर कुमार विष्टले सहजिकरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.