logo

यातायात क्षेत्रको विकासका निम्ति नीति बनाइने छ - मुख्यमन्त्री राउत

      3/14/2018 गते 00 00 मा प्रकाशित     1329   पटक पढिएको

सिमरा, ३० फागुन । प्रदेश नम्ब्र २ का मुख्यमन्त्री लालबाबु राउतले यातायात क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले आवश्यक नीति निमार्ण गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन  ।

 

तराई यातायात ब्यवसायी संघ सिमराको १३औं साधारण सभालाई आज सम्बोधन गर्दे मुख्यमन्त्री राउतले निजी क्षेत्र र सरकारको सहकार्य बिना विकास सम्भव नभएको बताए ।  

 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मुलुक नयाँ ब्यवस्थामा गएसंगै सबै क्षेत्रको साझा आवधारणाबाट अगाडी बढन आवश्यक रहेको बताए । 

 

यसैगरी ट्रक ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले साढे ते¥ह  प्रतिशत राजश्व मुलुकलाई बुझाउने  यातायात क्षेत्रको विकासका राज्य सहयोगी बन्न नसकेको आरोप लगाए ।

 

 १० करोड २५ लाख ३४ हजार ४ सय ९५ वार्षिक आम्दानी रहेको यस तराई यातायात ब्यवसायी संघले सवारी सदस्य धनीको लागि ५ लाख र चलकको लागि ३ लाख बराबराको दुर्घटना बिमाको सेवा दिदै आएको संघका अध्यक्ष ओमकृष्ण कार्कीले जानकारी दिए  ।

 

संघका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानान्धर, बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवार लगाएत यातायात ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा संघका महासचिव शंकर कुमार विष्टले सहजिकरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.