logo

मेगा बीरगंज शुरु दूइलाखले अवलोकन गर्ने लाखौंको ब्यापार हुने अपेक्षा

      3/14/2018 गते 00 00 मा प्रकाशित     1838   पटक पढिएको

वीरगन्ज, ३० फागुन । वीरगन्जमा मेगा वीरगन्ज महोत्सव २०७४ बुधबारदेखि शुरु भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा लागेको मेलाको प्रदेश नम्बर २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गरे ।

 

मन्त्री सोनलले वीरगन्ज लगायत प्रदेश नम्बर २ का ८ जिल्ला पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा प्रचुर सम्भावना रहेको बताए ।

 

उनले मेगा वीरगन्ज महोत्सवको आयोजना गरेर वीरगन्जका युवाहरुले देखाएको उत्साहको प्रशंसा गर्दै उनीहरुलाई थप हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । प्रदेश नम्बर २ को ८ जिल्लाको अभिलेख हेर्दा, प्रत्येक जिल्लालाई स्वास्थ्य, शिक्षा, उद्योग, धार्मिक पर्यटन, प्रशासनिक युनिटको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए ।

 

 देशकै राजधानी बन्न सक्ने सम्भावना र क्षमता भएको वीरगन्जलाई आर्थिक राजधानी बनाउनका लागि लाग्न आग्रह गरे ।

 

५५ लाख जनसंख्या रहेको प्रदेश नम्बर २ मा देशको सबैभन्दा धेरै युवाशक्ति बसोवास गरेको बताउदै मन्त्री सोनलले युवाहरुलाई प्रयोग गर्न सके जुनसुकै असम्भव काम पनि सम्भव बनाउने क्षमता रहेको बताए । प्रदेश नम्बर २ को समृद्धिमा मेला तथा महोत्सव महत्वपूण रहेको भन्दै त्यस्तो कामका लागि जुनसुकै सहयोग आवश्यक भएपनि आपूm तयार रहेको बताए ।

 

 म्याक्स इन्टरटेण्मेण्ट एण्ड एडभरटाईजिङ्ग प्रालि र नेपाल मिडिया हवको संयुक्त आयोजनामा भएको मेलाको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता, नेविसंघका युवा नेता दिलिपराज कार्की, डा.प्रमिला यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

आयोजक समितिका महम्मद सदाबको अध्यक्षतामा भएको कार्यक्रममा परवानीपुर गाउँपालिकाका प्रमुख राजनारायण साह, पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राई, वडा नम्बर ४ का वडा सदस्य सञ्जय जोशी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे, लगायतको उपस्थिति रहेको थियो ।

 

मेलामा उद्योग, अटो, कपडा, इलेक्ट्रोनिक्स, खाना लगायत गरी एकसय ६० वटा स्टलहरु रहेको छ । मेला चैत १२ गते सम्म लाग्ने मेलामा दुईलाख दर्शकहरुले अवलोकन गर्ने अपेक्ष गरिएको आयोजक दिपेश श्रेष्ठले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.