logo

पर्सा राष्ट्रिय निकुञ्ज घुमफिर गर्न पर्यटकहरुकालागि खुला

      1/24/2018 गते 00 00 मा प्रकाशित     2515   पटक पढिएको

बीरगंज १० माघ ।

पर्सा, बारा र मकवानपुर तीन जिल्लाको सीमाक्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । पहिले वन्यजन्तु आरक्षको रुपमा मात्रै रहेको आरक्ष क्षेत्र अहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको छ ।

प्रदेश नम्बर २ मा पर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्य स्थलका रुपमा विकसित हुँदै गएको हो । नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उदेश्यले विक्रम संवत २०४० सालमा बारा, पर्सा र मकवानुपुरसँग सीमा जोडिएको चार सय ९९ वर्ग किलो मिटर जंगल क्षेत्रलाइ पर्सा वन्यजन्तु आरक्षको रुपमा स्थापना गरिएको थियो । २०७२ सालमा भने बारा तर्फको एक सय २८ दशमलव ३९ वर्ग किलो मिटर राष्ट्रिय वन क्षेत्रलाइ पनि तत्कालीन पर्सा वन्य जन्तु आरक्षमा समाहित गरेपछि अहिले यसको कुल क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किलोमिटर छ ।

       तत्कलीन पर्सा वन्य जन्तु आरक्षलाइ २०७४ साल बैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पर्सा राष्ट्रिय निकुन्जका रुपमा परिणत गर्ने निर्णय गरेको हो । राष्ट्रिय निकुन्जमा परिणत भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ अवलोकन र घुमफिरका लागि खुल्ला गरिएको छ ।

 

यो संगै निकुन्ज आसपासमा करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । छ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जलाई रौतहटसम्म निकुञ्ज विस्तारको माग भइरहेकोे पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । पर्यटनको लागि पूर्वाधारहरुको पनि आवश्यकता हुने भएकोले अहिले निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी साना होटल देखि ठूला र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु पनि खुल्न थालेको छ ।

 निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरियादह, कामिनी दह, माया मन्दिर, दूग्धेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र पर्यटकका लागि निश्चित शुल्क लिएर पर्सा राष्ट्रिय निकुन्ज भित्र रहेका विभिन्न महत्वपूर्ण तथा दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरु अवलोकन गर्नका लागि खुला गरिएको छ । 

 

पर्सा राष्ट्रिय निकुन्जमा प्रवेशका लागि नेपाली पर्यटकको हकमा ५० रुपैंया , सार्क मुलुकका पर्यटकका लागि पाँच सय रुपैंयामा १३ प्रतिशत भ्याट थप तथा अन्य मुलुकका पर्यटकका लागि एक हजार रुपैयामा भ्याट थप गरी शुल्क निर्धारण गरिएको निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । पर्सा राष्ट्रिय निकुन्जमा दुर्लभ वन्यजन्तुहरु पाटे बाघ , रैथाने हात्ती , एक सिङगे गैडा , भालु , रतुवा मृग , चित्तल ,जरायो , बँदेल , नील गाइ , गौरी गाइका साथै झण्डै दुइ सय प्रजातिका चराचुरुङगीहरु छन् । 

 

पर्यटकहरुको अवलोकन र घुमफिरका लागि निकुन्जको जंगल भित्र पर्ने मकवानपुरको प्रतापुर , पर्साको रातोटे र रामभौरी भाथा, बाराको हलखोरीयामा गरि एक दर्जन भ्यु टावरहरु पनि बनाइएको छ ।

 

यसैगरि पर्यटकहरुलाइ जङगल सफारी गर्न निकुन्जको हात्तीसारमा एक दर्जन हात्तीहरु पनि राखिएको छ । निकुन्ज भित्र फायर लाइन पनि भएकाले हात्तीको जंगल सफारी गर्न नचाहने पर्यटकहरुले आफनो नीजी सवारीमा सवार भइ जंगल सफारी गर्न सक्ने व्यवस्था पनि मिलाइएको प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.