वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घट्यो
वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घट्यो
1/22/2017 गते 00 00 मा प्रकाशित
1558 पटक पढिएको
वीरगञ्ज, ९ माघ ः कपडा उद्योगहरु विस्तारै बन्द हुने क्रम बढेसँगै वीरगञ्ज नाकाबाट तयारी कपडाको निर्यात ५० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा यहाँको नाकाबाट १२ करोड ९ लाख ४४ हजार मूल्य बराबरको २ लाख ७७ हजार थान तयारी कपडा निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७२÷७३ को सो अवधिमा मधेस आन्दोलनको कारण वीरगञ्ज नाका ठप्प हुँदा कपडा आयात समेत ठप्प रहेको थियो भने आर्थिक बर्ष २०७१÷७२ मा २३ करोड २ लाख ६२ हजार मूल्य बराबरको ५ लाख २१ हजार थान कपडा निकासी भएको वीरगञ्ज भंसार कार्यालयको तथ्याङ्कले देखाएको छ । कच्चा पदार्थको आयातमा उच्च राजश्व वृद्धि, विद्युत कटौती तथा बन्द हड्तालका कारण कपडा उद्योगको उत्पादन घट्दै गएकोले निकासीमा असर परेको उद्योगी व्यवसायीले बताएका छन् ।
देशभरी ठूला, साना गरी करिब चार सय कपडा उद्योग रहेकोमा हाल सरकारी अदुर्दर्शिताका कारण १० प्रत्तिशत उधोग मात्र सञ्चालनमा रहेको वीरगञ्जका कपडा उद्योगीहरु बताउँछन् । सरकारको अव्यवहारिक औद्योगिक नितीले बारा पर्सा औद्योगिक करिडोरमा अन्नपूर्णा टेक्सटाईल्स, तिरुपति, हिमगिरी, गणेश, अशोक, स्टार, साह, गणपति लगायतका १ दर्जन कपडा उद्योगहरु बन्द हुँदा राज्यले अर्बौको क्षति व्यहोर्नु परेको छ भने हजारौ बेरोजगार हुन पुगेका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया