logo

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्यो

      5/28/2021 गते 00 00 मा प्रकाशित     2527   पटक पढिएको

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रितालले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए ।

 

‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहा पुगेका थिए ।

 

नेपग्याजम मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताउनु भयो ।

 

कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस–तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताउनु भयो ।

कार्यक्रमका लागि उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरेको नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले जानकारी दिनु भयो  ।


यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका थिए । नेपग्याजमको यो नयाँ रेकर्डसँगै पाउलोले कायम गरेको रेकर्ड तोडिएको छ ।


विश्वकिर्तिमान कायम भएको सुनाउँदै कलाकार यूकेजीले भने ‘हामी उत्साहित भएका छौं, यो नेपालकै लागि गौरवको कुरा हो, नेपालले पनि कमेडीमा आफूलाई विश्वस्तरमा उचाल्दैछ भन्ने सन्देश यो कार्यक्रममामर्फत गएको छ ।’


अर्का कलाकार त्रितालले नेपाली हास्य व्यग्यको स्तर अन्तराष्ट्रिय मनोरञ्जन बजारमा पुर्यायाउनलाई वल्ड रेकर्डले झनै मद्दत पुग्ने बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.