logo

हसाउँदा हसाउँदै नेप्ग्याजम सगरमाथामा  

      5/1/2021 गते 00 00 मा प्रकाशित     2573   पटक पढिएको

नेपाली कलाकारिता क्षेत्रमा पृथक कलाले हाँसो छर्दै संसारभरका नेपालीहरुको मनमस्तिस्कमा बस्न सफल रहेको नेप्ग्याजमले  सगरमाथाको कालापत्थरमा स्ट्याण्डप कमेडी कार्यक्रम गर्ने तयारी गरेको छ ।


“प्रदूषणरहित सामाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेप्ग्याजमको चाहना” भन्ने नारासहित कमेडी समूह उच्च स्थानमा प्रस्तुति दिई विश्व किर्तिमान राख्ने तयारीमा लागेको हो 


यस विश्वकीर्तिमानी प्रस्तुतिले  विश्वमै नेपालीको नाम चिनाउने, नेपाली कलाकारिता क्षेत्रले एउटा नयाँ उचाई पाउने साथै नेपाली स्ट्याण्डप कमेडीले संसारमै एउटा उच्च स्थान पाउने कुरामा  विश्वस्त रहेको नेप्ग्यजमका निर्देशक ज्ञानेन्द्र राज मिश्र बताउँछन् ।
कोविड महामारीले घरमै थुनिएर त्रासमा बसेका नेपालीहरुलाई यस प्रस्तुतिले गौरवान्वित महशुस गराउने र भरपुर मनोरंजन दिने यस ईभेन्टका संयोजक सन्तोष देवकोटा बताउँछन् । 

 

हाल कोभिड महामारीको अवस्था भएकाले कलाकारहरुको स्वास्थ्य साथै सरकारद्वारा लागु गरिएका सम्पूर्ण मापदण्डलाई पालना गर्दै कलाकारद्वय उमेश कुमार गौतम ९ग्प्न्० र लेखमणि त्रिताल ९रमेश अंकलको छोरा० ले १ घण्टाको प्रस्तुति दिने छन् । 

यस विशेष प्रस्तुतिमा स्वास्थ्य तथा मनोरन्जनात्मक समसमिक  विषयहरु समेटिने छन् ।
सो कार्यक्रमका लागि ८ जनाको समूह सिम्रिक एयरको हेलिकप्टरले बैशाख २० गते “हाई अल्चिट्युड स्टेण्डप कमेडी सो गिग अन ल्याण्ड“ विधामा रेकर्ड राख्नका लागि कलापत्थर पुग्ने छन् ।


यस अघि सोही विधामा  ईटालियन नागरिक पाउलो फ्रानसेस्चिनिले सन् २०१९ अप्रिल २५ तारिखका दिन सगरमाथाको आधा सिविर ५ हजार २ सय ७० मिटरको उचाईमा स्ट्याण्डप कमेडी गरेर गिनिज बुक अफ दी वर्ल्ड रेकार्ड बनाएका थिए ।
सो रेकर्डलाई तोड्न नेप्ग्याजम कमेडीले ५ हजार ६ सय ४३ मिटरको उचाईमा कार्यक्रम गर्न लागेको हो ।


यस सो को लागि नेपाल सरकारको विभिन्न मन्त्रालय  र गिनिज बुक अफ दी वर्ल्ड रेकर्डबाट अनुमति समेत लिइसकेर कार्यक्रमको अन्तिम तयारीमा लागिएको सस्थाका सस्थापक निर्देशक सरद श्रेष्ठले जानकारी दिए । 


नेप्ग्यजमका निर्देशक ज्ञानेन्द्रराज मिश्र, कार्यक्रम संयोजक सन्तोष देवकोटा, कमेडियन उमेशकुमार गौतम ९ग्प्न्० र सस्थाका सस्थापक निर्देशक सरद श्रेष्ठ चारै जना पर्सा जिल्ला वासी रहेकाले गिनिज बुकमा वल्ड रेकर्ड कायम गर्नु पर्सावासिका लागि पनि यो गौरबको विषय बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.