logo

हसाउँदा हसाउँदै नेप्ग्याजम सगरमाथामा  

      5/1/2021 गते 00 00 मा प्रकाशित     3048   पटक पढिएको

नेपाली कलाकारिता क्षेत्रमा पृथक कलाले हाँसो छर्दै संसारभरका नेपालीहरुको मनमस्तिस्कमा बस्न सफल रहेको नेप्ग्याजमले  सगरमाथाको कालापत्थरमा स्ट्याण्डप कमेडी कार्यक्रम गर्ने तयारी गरेको छ ।


“प्रदूषणरहित सामाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेप्ग्याजमको चाहना” भन्ने नारासहित कमेडी समूह उच्च स्थानमा प्रस्तुति दिई विश्व किर्तिमान राख्ने तयारीमा लागेको हो 


यस विश्वकीर्तिमानी प्रस्तुतिले  विश्वमै नेपालीको नाम चिनाउने, नेपाली कलाकारिता क्षेत्रले एउटा नयाँ उचाई पाउने साथै नेपाली स्ट्याण्डप कमेडीले संसारमै एउटा उच्च स्थान पाउने कुरामा  विश्वस्त रहेको नेप्ग्यजमका निर्देशक ज्ञानेन्द्र राज मिश्र बताउँछन् ।
कोविड महामारीले घरमै थुनिएर त्रासमा बसेका नेपालीहरुलाई यस प्रस्तुतिले गौरवान्वित महशुस गराउने र भरपुर मनोरंजन दिने यस ईभेन्टका संयोजक सन्तोष देवकोटा बताउँछन् । 

 

हाल कोभिड महामारीको अवस्था भएकाले कलाकारहरुको स्वास्थ्य साथै सरकारद्वारा लागु गरिएका सम्पूर्ण मापदण्डलाई पालना गर्दै कलाकारद्वय उमेश कुमार गौतम ९ग्प्न्० र लेखमणि त्रिताल ९रमेश अंकलको छोरा० ले १ घण्टाको प्रस्तुति दिने छन् । 

यस विशेष प्रस्तुतिमा स्वास्थ्य तथा मनोरन्जनात्मक समसमिक  विषयहरु समेटिने छन् ।
सो कार्यक्रमका लागि ८ जनाको समूह सिम्रिक एयरको हेलिकप्टरले बैशाख २० गते “हाई अल्चिट्युड स्टेण्डप कमेडी सो गिग अन ल्याण्ड“ विधामा रेकर्ड राख्नका लागि कलापत्थर पुग्ने छन् ।


यस अघि सोही विधामा  ईटालियन नागरिक पाउलो फ्रानसेस्चिनिले सन् २०१९ अप्रिल २५ तारिखका दिन सगरमाथाको आधा सिविर ५ हजार २ सय ७० मिटरको उचाईमा स्ट्याण्डप कमेडी गरेर गिनिज बुक अफ दी वर्ल्ड रेकार्ड बनाएका थिए ।
सो रेकर्डलाई तोड्न नेप्ग्याजम कमेडीले ५ हजार ६ सय ४३ मिटरको उचाईमा कार्यक्रम गर्न लागेको हो ।


यस सो को लागि नेपाल सरकारको विभिन्न मन्त्रालय  र गिनिज बुक अफ दी वर्ल्ड रेकर्डबाट अनुमति समेत लिइसकेर कार्यक्रमको अन्तिम तयारीमा लागिएको सस्थाका सस्थापक निर्देशक सरद श्रेष्ठले जानकारी दिए । 


नेप्ग्यजमका निर्देशक ज्ञानेन्द्रराज मिश्र, कार्यक्रम संयोजक सन्तोष देवकोटा, कमेडियन उमेशकुमार गौतम ९ग्प्न्० र सस्थाका सस्थापक निर्देशक सरद श्रेष्ठ चारै जना पर्सा जिल्ला वासी रहेकाले गिनिज बुकमा वल्ड रेकर्ड कायम गर्नु पर्सावासिका लागि पनि यो गौरबको विषय बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.