logo

मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा हुने

 इसीमाना सम्वाददाता     २०७९ फागुन ३ गते ०८: ११ मा प्रकाशित     1956   पटक पढिएको

वीरगञ्ज । मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा यहि शुक्रबार बिहान हुने भएको छ ।

 

वीरगंज स्थित होटेल भिस्वामा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिइएको हो । द हिडन ट्रियजर मिस नेपाल २०२३ को बिहिबार अभिमूखीकरण र शुक्रबार अडिसन हुने भएको हो । मिस नेपाल प्रतियोगीताको अडिसन ७ वटै प्रदेशमा हुने बताईएको छ ।

 

द हिडन ट्रियजरले मिस नेपाल ०२३ को आवेदन यहि चैत्र १ सम्म खुला रहने जनाएको छ । आवेदनका लागि १८ देखि २७ वर्षका अविवाहित महिला हुनुपर्ने, महिलाको न्यूनतम ५ फिट ३ इन्च उचाइ, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रियजरका प्रमोद कंसकारले बताए ।

आवेदन फारम निशुल्क रहेको उनको भनाई छ । प्रतियोगिताबाट तीन मुख्य विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहने उनले बताए ।

काठमाडौं, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रिय अडिसनहरु मार्च १५ भित्र सम्पन्न गरिने उनले जानकारी दिए ।

प्रतियोगीलाई उत्कृष्ट प्रशिक्षकहरूले दुई महिना तालिम सञ्चालन गरिने कंसकारले बताए । पत्रकार सम्मेलनमा मिस नेपाल अर्थ डा.सरिशा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र वीरगंज क्षेत्रका रिजलन कोअर्डिनेटर आयुश गुप्ताको सहभागिता रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.