logo

वीरगन्जकी चेली उषाको पनि भयो डिभोर्स 

सेलीव्रेटीहरुको पारपाचुके 

      3/15/2020 गते 00 00 मा प्रकाशित     4785   पटक पढिएको

वीरगन्ज, २ चैत । अभिनय, मनोरञ्जन तथा विभिन्न ग्ल्यामर क्षेत्रबाट समाजलाई सहीबाटोमा डो¥याउने कलाकारहरुको एकपछि अर्को पारिवारिक विछोडको क्रम बढेको छ ।

हास्य कालाकार मनोज गजुरेल र उनकी श्रीमती, रामकृष्ण ढकालको दम्पतीको पारपाचुकेपछि अर्को एउटा चर्चित जोडीको पारिवारिक सम्बन्ध चुडिएको छ । वीरगन्जकी चेली पूर्वमिस नेपाल उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट अलग भएको बताएकी छिन् ।  उनीहरुले २ वर्ष लामो प्रेम सम्बन्धमा रहेर करिब १५ वर्ष अगाडि बिहे गरेका थिए ।

१७ वर्ष लामो सम्बन्धलाई उषा र जीपीले टुंग्याउने निर्णय गरेका हुन् । यसअघि भएको हल्लामा दुवैजनाले अस्वीकार गर्दै आएपनि अन्तत उषाले एक टेलिभिजन कार्यक्रममा आपूmहरुबीचको सम्बन्धलाई तोड्ने निर्णय गरेको जानकारी गराएकी हुन् । निकै भावुक भएर उनले यो कुराको जानकारी गराएकी थिईन् । 


उनले, आफ्नो गाह्रो समयमा सहयोग गर्ने फ्यान र शुभचिन्तकलाई धन्यवादसमेत भनेकी छिन् । सन् २००३ मा वैवाहिक जीवनमा बाँधिएका उषा र जीपीको एक छोरा र एक छोरी छन् । आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको भन्दै अब एकसाथ अगाडि बढ्न नसक्ने पनि उल्लेख गरेकी छिन् । हिंसा सहेर बसिरहन नसक्ने भन्दै अन्ततः अलग हुने निर्णय गरेको उषाले बताएकी छिन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.