वीरगञ्ज । बहुविवाह मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ।
प्रहरीका अनुसार असोज २७ गते वीरगञ्ज महानगरपालिका–३, छपकैयाबाट ३९ वर्षीय महमद साविर पक्राउ परेका हुन्।
सम्मानित पर्सा जिल्ला अदालतबाट बहुविवाह मुद्दामा उनलाई १ वर्ष ४ महिना कैद सजाय तोकिएको थियो।
सजाय तोकिएपछि फरार रहेका साविरलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका साविरलाई आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया