वीरगन्ज । पर्साको वीरगन्जमा भारतबाट भन्सार छली गरी भित्र्याइएका २० लाख ९० हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।
वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट सोमवार अपराह्न करिब साढे चार बजे भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरिएको हो।
बरामद सामानमा सर्टिङ–सुटिङका कपडा, लेडिज कुर्ता–सुरुवाल, बालबालिकाका विभिन्न किसिमका कपडा तथा खाद्यान्नलगायतका वस्तु रहेका छन्। ती सामानको अनुमानित मूल्य २० लाख ९० हजार ४१० रुपैयाँ रहेको जनाइएको छ।
बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि मंगलवार वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।
तपाईको प्रतिक्रिया