सिरहा। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ कल्याणपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित एक जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज २६ गते राति अन्दाजी ११ बजेको समयमा सखुवानन्कारकट्टी ५ कल्याणपुरमा लागूऔषध गाँजा बेचबिखन भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा सोही ठाउँका ४३ वर्षिय जगदिश यादवको घरमा रीतपूर्वक खानतलासी गर्दा घर भित्र सेतो बोरामा प्लास्टिक भित्र लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बोरा सहित तौल गर्दा ११ किलोग्राम (बोरा बाहेक १० किलोग्राम) लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले उक्त पदार्थ सहित जगदिश यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जनाएका छन ।
तपाईको प्रतिक्रिया