वीरगञ्ज । आफ्नै पत्नीको खुट्टा काट्ने पतिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनीलाई पक्राउ गरेको हो ।
पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतलाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए ।
घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो । पर्सा प्रहरीले सहनीलाई पत्रकार सम्मेलन मार्फत अहिले केही बेरमा सार्वजनीक गर्दैछ ।
तपाईको प्रतिक्रिया