काठमाडौं । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार प्रसार हुने खालको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला, फिदिम नगरपालिका.३ घर भई हाल काठमाडौं महानगरपालिका.२६, बसपार्क बस्ने २४ वर्षिय सरोज लामा रहेका छन्।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा वेश्यागमनको प्रचार हुने भिडियो पोस्ट भएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कबाट खटिएको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट उनलाई पक्राउ गरेको हो।
विज्ञप्तिमा उल्लेख भए अनुसार लामालाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका लामालाई वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया