वीरगञ्ज । बारामा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ चक्कु प्रहारबाट ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको थियो । चक्कु प्रहारको आरोपमा प्रहरीले सोही ठाउँका आयुष राईलाई पक्राउ गरेको हो।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार राईले शनिबार साँझ करिब साढे ५ बजे खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका राईलाई प्रहरीले शनिबार राति धानबारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका राईलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया