logo

के असारे विकासले कोरोना विर्साएकै हो त ?  

      6/24/2020 गते 00 00 मा प्रकाशित     1889   पटक पढिएको

 शिवनाथ यादव

विश्न नै कोरोना भाईरस (कोभिड–१९) को महामारीमा छ । देशमा लकडाउनको अवस्था छ । लकडाउन धेरै दिन भएपछि कष्टकर बन्दै गाएको जीवन सहज बनाउन, ठप्प परेको आर्थिक गतिविधि चलायमान बनाउन र लकडाउनलाई खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाउनुको अर्थ सावधानी नअपनाउनु भने होईन ।

लकडाउन खकुलो बनाउनुको अर्थ कोरोना भाईरस संक्रमणको अवस्था नभएको होईन । कोरोनाको महामारी हटेको अवस्था होईन । बाहिर निस्किदाँ सरकारले वा विश्व स्वास्थ्य संठनले तोकेको मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । आवश्यक काम परेको बेला मात्र निस्कने हो । आम भेला गर्ने, कार्यक्रमको उद्धघाटन र समापन गर्ने होईन तर यहाँ त असारे विकासले कोरोनाको कुरा विर्सेको जस्तो छ । कोरोना भाईरसले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको छ । काम गर्ने शैली, बस्ने खाने शैली परिवर्तन गरेको छ तर असारे विकासको मोडेललाई परिवर्तन गर्न सकेको छैन ।

जेठ विकास निर्माणको काम गर्दा रोक्ने भाईरसले असारमा काम गर्दा रोक्न सकेको छैन । असार लाग्नै लाग्दा शुरु भएको असारे विकासको अभियान असारको गते बढदै गएसंगै जनप्रतिनिधिको व्यस्तता पनि बढाएको छ । वडा अध्यक्ष देखि मुख्यमन्त्री सम्मले आफ्नो क्षेत्रको विकासमा लाग्नु भएको छ । विकास निर्माणको कामको अनुगमनमा जम्बोटोली सहित निस्कनु भएको छ । मेयरले जग खनेर उद्घाटन कार्यक्रम राख्नु भएको छ ।

प्रदेश मन्त्रीले रिबन काटेर सडक ढलानको उदघाटन गर्नु भएको छ । के साच्चिकै  असारे विकसको ताकतले कोरोना संक्रमणलाई विर्साएकै हो ? खोई त हाम्रो शर्तकता ? खोई त सरकारको नीति पालन ? के उद्धघाटन गर्नै पर्ने हो ? उदघाटन र अनुगमनमा जाँदा लावालस्कर देखाउनै पर्ने हो ? खोई त हाम्रो शर्तकता ? 
व्यवस्था परिवर्तन भयो तर व्यवहार परिर्तन भएन । बर्ष भरी हुन नसकेका विकास निर्माणको कामलाई असार भत्र सिध्याउनु पर्ने हाम्रो नियम हो की नियत हो ? आम जनातले बुझ्न सकेका छैनन ।

यस्तो संक्रमणको बेला त तीन तहका सरकारका प्रतिनिधिले असारे विकास भन्दा पनि आवश्यकतामा आधारित विकासको काममा लाग्नु पर्ने होईन र ? आम जनतालाई सचेत गाउनु पर्ने खण्डमा आफैले भीडभाड गर्दै हिडने, शर्तकता नअपनाउने र संक्रमण फैलिन सक्ने कामलाई बढावा दिने काम गर्नु हुदै यस तफ हाम्रा जनप्रतिधिहरुको ध्यान जान जरुरी छ । विकास निर्माणको काम असारमा मात्र हुन्छ भन्ने धारण कहिले परिवर्तन हुने ? असारमा गरिएको विकास कतिको टिकाउ हुन्छ ? कतिको आवश्यता छ यस तर्फ हाम्रो ध्यान कहिले जाने ? आम जनतालाई एक ठाउँबाट अरु ठाउँमा जानका लागि समस्यै समस्या ह्ने तर हाम्रा नेताहरुलाई सधै छुट हुने ।

आफैले बनाएको नियम पालना नगर्ने संसकार कहिले सम्म ? दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढी रहेकै छ । जोखिम कम भएको छैन । सम्बन्धित निकायले अझ बढन सक्ने आंकलन गरिरहेको बेला विकास निर्माणको बहानामा जोखिम बढाउनु कतिको जायज छ ? हाम्रा जनप्रतिनिधिले नै संक्रमण रोक्ने उपाय अपनाएन भने आम जनतामा के सन्देश जान्छ ? आम जनताले यसलाई कसरी लिने हो ? एकातिर सरकारले नीति नियम ल्याउने, भीडभाड गर्नु हुदैन भनेर सन्देश दिने, आम नागरिकलाई कारवाही तर ठूलबडालाई कारवाही किन गर्ने ? अहिलेको अवस्था भनेको आफनो पछाडि भीडभाड देखाउने होईन ।

विकासको निर्माण गर्दा उदघाटन कार्यक्रमको आयोजना गर्ने होई बरु कुन काम हो ? कति लागत हो ? कहिले सकिने हो ? को हो जिम्मेवार व्यतिm लगायतको सूचना बोर्ड राखेर पारदर्शी बन्ने समय हो । हाम्रो समाजमा रहेको औपचारिक कार्यक्रम र भाषण गर्ने प्रवृत्ति हटाउने समय हो ? यस्ता परम्परालाई हटाउने समय हो तर खोई त हाम्रा जनप्रतिनिधिको ध्यान यस तर्फ गएको ? खोई विकास निर्माणको काममा शर्तकता अपनाएको ? कोरोना महामारीेले खोई त असारे विकासलाई असर गरेको ? 


विकास निर्माण पनि हाम्रै लागि हो तर कस्तो विकास ? असारे विकासको नाममा आफनो कार्यकर्ता पाल्ने ? विनियोजन गरेको रकम सिध्याउनै पर्ने कस्तो हाम्रो परम्परा ? आखिर वर्षभरी हुन नसकेको काम असार मै आएर सिध्याउने पर्ने नियम हो की नियत हो बुझनै सकिएन ? उता कोरोना संक्रमितको संख्या दश हजार भन्दा माथि पुगेको छ यता हामी विकास निर्माणको नाममा अनुगमन र उद्धघाटन गर्दै हिडने हाम्रा जनप्रतिनिधिको ध्यान कता छ ? मेशिनको अभाव, मेशिन भएपनि किटको अभावमा कोरोना परिक्षणको काम रोकिरहदा पनि हाम्रा सरकारहरुको ध्यान कोरोना भन्दा पनि असारे विकासमा गएको देखिन्छ ।

क्वारेन्टिको अवस्थाका बारेमा कति गुनासो आएपनि एकपटक फर्केर नहेर्ने हाम्रा जनप्रतिनिधि, माननीय मन्त्रीज्युहरु विकास निर्माणको उद्धघाटन गरेको देख्दा आम जनताको मन केही शंका उत्पन्न हुनु स्वभाविक नै हो । जनताको आवश्यता एकातिर तर जनप्रतिनिधिको चासो अर्काे तिर । कोरोना नियन्त्रण तथा रोकथाम भन्दा पनि असारे विकासमा लागेकोहरुको ध्यान यस तर्फ किन नगएको होला ? के साच्चिकै असारे विकासले कोरोना विर्साएकै हो त ? 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.