काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँका बेन चार्ल्सवर्थले ४६ रन, आकाश त्रिपाठीले ३९ रन र मिलिन्द कुमारले १९ रन जोडे।
बलिङतर्फ ललित राजवंशी, निकोल लोफ्टी इटन, सञ्जय कृष्णमूर्ति, किशोर महतो र अनिल साहले जनकपुरका एक–एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो।
जनकपुरका आसिफ शेखले ५४ रनको उत्कृष्ट पारी, जबकि मयन यादव ३४ रनमा अविजित रहे। काठमाडौँका मिलिन्द कुमारले ३ विकेट लिए।
आजदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ गते हुने छ। प्रतियोगितामा जनकपुर र काठमाडौँसहित ८ टोली सहभागी छन ।
विराटनगर किङ्स ,चितवन राइनोज,कर्णाली याक्स,लुम्बिनी लायन्स,पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स रहेका छन ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार ३२ मध्ये २३ खेल राति फ्लडलाइटमा हुनेछ। यसपटक कीर्तिपुर रङ्गशालामा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको क्यानले जनाएको छ।
पुरस्कार रकम अनुसार विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
तपाईको प्रतिक्रिया