logo

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

 इसीमाना सम्वाददाता     २०८२ असोज ८ गते ०८: ३१ मा प्रकाशित     705   पटक पढिएको

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

 

बुधबार लेहमा भएको विशाल प्रदर्शन हिंसात्मक बन्दा भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आगजनी भएको छ भने प्रहरीले अश्रुग्याँस प्रहार गरी भीड तितरबितर गरेको छ।

Ladakh Statehood | Ladakhi Leaders Announce Mass Hunger Strike, Demand  Statehood - YouTube

लेह एपेक्स बडी ( एलएबि) ले आह्वान गरेको बन्दसँगै सहर ठप्प बनेको छ। आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन।

 

आन्दोलनको पृष्ठभूमि

यो मुद्दा २०१९ बाट सुरु भएको हो, जब भारतीय संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीर पुनर्गठन ऐन २०१९ पारित गरियो। त्यसपछिको निर्णयअनुसार जम्मु–कश्मीरलाई दुई भागमा विभाजन गरियो— जम्मु–कश्मीर (विधानसभा सहित) र लद्दाख (विधानसभा बिना)। त्यसयता लद्दाख प्रत्यक्ष केन्द्रको प्रशासनमा रहँदै आएको छ, जसप्रति स्थानीय असन्तुष्टि बढ्दै गएको छ।

 

छैठौँ अनुसूचीको माग किन ?

लद्दाखको ९० प्रतिशतभन्दा बढी जनसंख्या आदिवासी समुदायका भएकाले यहाँलाई संविधानको धारा २४४ अन्तर्गतको छैठौँ अनुसूचीमा समावेश गर्न माग हुँदै आएको छ।

Shutdown in Ladakh against detention of Wangchuk, others - Daily Excelsior

छैठौँ अनुसूचीले आदिवासी बहुल क्षेत्रमा स्वायत्त जिल्ला परिषद्  गठनको प्रावधान गर्दछ। यी परिषद्हरूले जमिन, वन, पानी, कृषि, गाउँ परिषद्, स्वास्थ्य, सरसफाइदेखि गाउँ–शहरस्तरको सुरक्षासम्म आफ्नै नियम बनाउन सक्छन्। हाल पूर्वोत्तर भारतमा १० वटा परिषद कार्यरत छन।

 

सोनाम वाङ्चुक र आन्दोलन

 

प्रसिद्ध अभियन्ता तथा आविष्कारक सोनाम वाङ्चुक आन्दोलनको केन्द्रीय पात्र बनेका छन। उनी २००९ को हिन्दी चलचित्र थ्री इडियट्स मा आमिर खानले निभाएको पात्रका प्रेरणास्रोत मानिन्छन।

 

२०१८ मा उनले “रामोन म्यागासेसे” पुरस्कार’ प्राप्त गरेका थिए, जसमा लद्दाखका युवाको शिक्षा र जीवनस्तर सुधार्न गरेको योगदानलाई मान्यता दिइएको थियो।

 

हालैको हिंसात्मक घटनापछि वाङ्चुकले आफ्नो १५ दिन लामो अनशन तोडेका छन। सामाजिक सञ्जालमार्फत उनले लद्दाखका युवालाई शान्तिपूर्ण आन्दोलन जारी राख्न आह्वान गरेका छन। उनका अनुसार २०१९ मा भाजपाले छैठौँ अनुसूचीमा समावेश गर्ने वाचा गरेको थियो, त्यसैले सरकारले आफ्नो वचन पूरा गर्नुपर्नेछ।

राजनीतिक दबाब

२०१९ को विद्यार्थी नेतृत्वमा भएको आन्दोलनलाई पूर्व सांसद थुप्स्तन छेवाङले समर्थन गर्दै लेह एपेक्स बडी  गठन गरेका थिए। सोही समयमा कारगिलका विभिन्न संगठनले कारगिल डेमोक्रेटिक अलायन्स  बनाएका थिए।

 

यी दुई संस्थाले लामो समयदेखि लद्दाखलाई राज्यको दर्जा दिने र छैठौँ अनुसूचीमार्फत स्वायत्तता सुनिश्चित गर्ने माग उठाउँदै आएका छन्। 

के यो पहिलोपटक हो आन्दोलन चर्किएको ?

होइन। २०२४ मार्च ६ मा, भारतको गृहमन्त्रालय, लेह एपेक्स बडी  र कारगिल डेमोक्रेटिक अलायन्स  बीच भएको वार्ता असफल भएपछि, वाङ्चुकसहितका अगुवाहरूले लेहमै अनशन सुरु गरे।

Agitation has been going on in UT of Ladakh for statehood demand which  turned violent today

उनले २१ दिनसम्म पानी र नूनमा मात्र गुजारा गरे र शून्य डिग्रीभन्दा तलको कठ्याङ्ग्रिने जाडोमा खुला आकाशमुनि सुते।

 

त्यसपश्चात आयोजना गरिएको ‘पश्मिना मार्च’ (चीन सीमासम्मको पदयात्रा) प्रशासनले धारा १४४ लागू गर्ने चेतावनी दिएको भन्दै रद्द गरियो। वाङ्चुकका अनुसार, यो मार्च लेहमा परम्परागत रूपमा पास्मिना बाख्रापालन गर्ने गोठालाहरूको समस्या उजागर गर्न गरिएको थियो।

 

यी समस्यामा ठूला उद्योग स्थापना गर्न जमिन कब्जा गर्ने कम्पनीहरू र वास्तविक नियन्त्रण रेखा  वरिपरिको चिनियाँ गतिविधि समेत पर्छन्।

२०१९ मा जम्मु–कश्मीरको विशेष दर्जा खारेज हुँदा, धेरै लद्दाखीहरूले यसलाई स्वागत गरेका थिए र जम्मु–कश्मीरको प्रशासनिक संरचनाबाट छुट्ट्याई केन्द्रशासित प्रदेश  बनाउन माग गरेका थिए।

Massive Protest In Ladakh Over Statehood: People Clash With Police, BJP  Office In Leh Set On Fire

 तर छिट्टै नै उनीहरूले पहाडी विकास परिषद्का स्वायत्त अधिकार गुमेको, साथै जम्मु–कश्मीर भर्ती बोर्डसँग सम्बन्ध विच्छेद भएपछि रोजगारी अभाव देखिएको महसुस गर्न थाले।

२०२४ को अर्को आन्दोलन

२०२४ को सेप्टेम्बरमा, लेह एपेक्स बडीले ‘दिल्ली चलो पदयात्रा’ आयोजना गर्‍यो। यसको चार बुँदे एजेन्डामा लद्दाखलाई राज्यको दर्जा दिनु, छैठौँ अनुसूची लागू गर्नु, शीघ्र भर्ती प्रक्रिया अघि बढाउनु, साथै सार्वजनिक सेवा आयोग  स्थापना गरी लेह र कारगिल जिल्लालाई छुट्टाछुट्टै लोकसभा क्षेत्र दिने माग समावेश थियो।

भारतीय संचार मध्यमको सहयोगमा 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.