नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भागदौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई बिजयले २०/२० लाख र घाइतेको परिवारलाई २/२ लाख रुपैया उपलब्ध गराउने घोषणा गरेका छन ।
सामाजिक सञ्जाल एक्स मा लेख्दै विजयले आफू यस घटनाबाट अत्यन्तै मर्माहत भएको बताएका छन। उनले लेखेका छन “मेरो हृदयमा भएको पीडा शब्दमा व्यक्त गर्न सक्दिनँ।
मेरो आँखा र मन दुःखले भरिएको छ। र्यालीमा भेटिएका सबै अनुहारहरू बारम्बार मेरो दिमागमा घुमिरहेका छन्। यो अपूरणीय क्षति हो। म पीडित परिवारहरूसँगै छु र यस गहिरो पीडामा साझा भागीदार बन्न चाहन्छु।”
राज्य र केन्द्रको सहयोग
तमिलनाडु राज्य सरकारले मृतक परिवारलाई १० लाख र घाइतेलाई १ लाख रुपैयाँ त्यसैगरि भारत सरकारले मृतक परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ (प्रधानमन्त्री राहत कोषबाट) उपलब्ध गराउने घोषणा गरेका छन ।
स्थानीय प्रशासनका अनुसार भिड अत्यधिक बढ्दा प्रवेशद्वारमा धक्का–मुक्की सुरु भएको थियो। एकपछि अर्को मानिस लड्दा भागदौड मच्चिएको बताइएको छ।
तपाईको प्रतिक्रिया