logo

भारतीय प्रधानमंत्रीलाई खुल्ला - पत्र

      6/1/2020 गते 00 00 मा प्रकाशित     4996   पटक पढिएको

महामहिम प्रधानमंत्री 

श्री नरेन्द्र दामोदरदास मोदी ज्यु

 

महामहिम ज्यू तपाईलाई आज म सानो देशको सानो गाउँवाट सानो मान्छेले चिठ्ठी लेख्न पाउदा म आफैले आफैलाई तपाईकै इष्ट देवता “जय श्रीराम” (ईश्वर) संग स्पर्श गरेको अनुभुति गरेको छु ।

 

मैले तपाईलाई उपदेश दिन त सक्दिन तर सुझाव र सुचना चाहि दिन अवश्य सक्छु कि भन्ने लागेर यो चिठ्ठी लेखिरहेको छु ।


खासै बिषय केहि छैन । त्यही हाम्रो पुर्खाको नासो कालापानी, लिपुलेक र लिम्पियाधुरा कै कुरा हो । तपाई संग हामीले जोरी खोजेको होईन महामहिम ज्यू। हामीले हाम्रो नक्साको सम्मान मात्र गरेको हो । हाम्रो पुर्खाको बिरासतलाई संरक्षण मात्र गरेको हो ।


यो पुर्खाको धरोहरलाई हामीले जोगाउन सकेनौ भने हामीलाई भावीपुस्ताले सराप्ने छन । धिक्कार्ने छन । त्यसैले हाम्रो यो मातृभूमीलाई  बैरीले गिद्दे नजर मात्र लगाए पनि हामीलाई सह्य हुदैन ।  

 

हाम्रा पुर्खाले बिस्तारवादी ब्रिटीसको बिरुद्वमा सीमानाको किल्लामा बगाएको रगत अझै आलै  छ,महामहिम ज्यू । त्यसैले मेरा पुर्खाले शरु गरेको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अहिले सम्म पनि गोर्खाली जातीले निरन्तरता दिई रहेका छन ।

 

नेपाल कुनै इन्डीपेन्डेण्ट एक्टका आधार स्वतन्त्रता प्राप्त गरेको मुलुक होइन हजुरहरुलाई औपनिवेशीक दासताको जन्जीरमा कैद गर्न सफल साम्राज्यवादीहरुलाई परास्त गरेर संसारमै स्वतन्त्र राष्ट्रको गौरव गर्ने दर्विलो इतिहास हामीसंग छ ।

 

त्यसले अहिले पनि हामीलाई संसार जित्न सक्ने प्रेरण दिइरहेको छ  । गोर्खाली जाति अनाहकमा कसै संग जोरी खोज्दैन, महामहिम ज्यु । तर जोरी खोज्दै आयो भने  जस्तै सुकै किन नहोस् पछि नहट्ने हाम्रो पुर्खौली परम्परा छ ।


हो, हाम्रा पुर्खाले हामीलाई समृद्वि दिन सकेनन । सम्पन्नता दिन सकेनन तर हाम्रा पुर्खाले एउटा असल मातृभूमि दिएर गएकोमा हाम्रा पुर्खा प्रति हामी गर्व गर्छौ ।

 

विश्वमा गोर्खाली जातिले एउटा सर्वभौमसत्ता राष्ट्र राख्न सकेकोमा हाम्रो देश र हाम्रा पुर्खा प्रति हामीलाई गौरव छ । यो गोर्खालीको लागि कहिल्यै भुल्न नसक्ने पुर्खाको बिरासत हो । त्यसैले राष्ट्रीयता, स्वाभिमान र राष्ट्रीय अखंडताको विषयमा हामी गोर्खालीहरु धेरै सम्वेदनसिल र भावुक हुदो रहेछौं महामहिम ज्यू।

 


गोर्खालीले आफूले आफैलाई बिर्सन सक्छ तर यो पुर्खाको चिनोलाई बिर्सन सक्दैन । त्यसैले यो राष्ट्र बचाई राख्न आजको पुस्ता पनि त्यति कै ज़िम्मेवारी र गम्भिर रहनु हाम्रो प्रमुख दायित्व हो भन्ने कुराको हेक्का हामीलाई छ  ।

 

हाम्रा पुर्खाहरुले भन्नु हुन्थ्यो “दक्षिणको छिमेकी संग जहिले पनि होसियार रहनु” त्यसैले महामहिम ज्यू होसियारी मात्र अपनाएको हो । किनभन्ने बिगतको तपाईहरुको ब्यवहार हेर्दा पनि त्यस्तै देखिन्छ ।


सन् १९४७ मा स्वतन्त्र देश जम्मु कश्मीर र हैजरावादलाई जवाहरलाल नेहरुले भारतमा बिलय गरेर बिस्तारवादको चरित्र देखाए । त्यस्तै पछि इन्दिरा गान्धीले सन् १९७५ मा स्वतन्त्र देश सिक्किमलाई भारतमा बिलय गरेर बिस्तारवादको दुनियामा अर्को कीर्तिमान रचीन । तपाईलाई पनि आधुनिक भारतको सवैभन्दा चर्चित अनि शक्तिशाली प्रधानमंत्री भन्छन ।

 

तपाई पनि सिंह जस्तो गर्जि रहनु भएको छ । त्यसैले महामहिम ज्यू हामीलाई शंका लाग्न थाल्यो । सिक्किम,जम्वु कश्मीर र हैदरावादलाई निलेर इन्दिरा र नेहरुले विस्तारवादी इतिहास रचे जस्तै कतै आफुलाई शक्तिशाली देखाउन तपाई पनि कहि इन्दिरा र नेहरुकै बाटो रोज्दै त हुनुहुन्न ? यदि त्यस्तो कु बाटो रोज्नु भयो भने त्यो तपाई र तपाईको देशलाई आजसम्म कै सवैभन्दा ठुलो घात हुन्छ।

 

विश्वमा विस्तारवादको युग चल्दा समेत हाम्रा पुर्खाले जोगाएर राखेको मुलक हो यो । गोर्खालीले बिस्तारवादको बिरुद्व हिजो पनि लडेकै हो आज पनि लड्न तयार छ । मातृभूमिको लागि गोर्खालीले एक थोपा रगत रहुन्जेल युद्वको मैदानमा बैरी संग लडाई लड्न छोड्ने छैन ।


अरु छिमेकी देश निलेको जस्तो नेपाललाई सोच्नु भएन । बिस्तारवादी अंग्रेजको नीतिलाई समेत अस्वीकार गरेर,अग्रेजको गुलामलाई अस्वीकार गरेर युद्व रोज्ने गोर्खाली जाति हो हामी । सानो देश भनेर हेप्नाले गर्दा अग्रेजले अनुभवी लड़ाकु युद्व सेनापति जनरल जिलेस्पीले युद्वको मैदानमा देह त्याग्नु पर्यो । र गोर्खालीको बहादुरीलाई अग्रेजले स्वीकार गरि सन् १८१६ मा सुगौली सन्धी गर्न बाध्य भएको इतिहास साक्षी छ ।


अहिलेको नेपाल भारतको समस्याको समाधान पनि त्यही सुगौली सन्धीमा उल्लेख छ । बिज्ञहरुलाई राम्रो संग पढ्न लगाउनु होस् । सन्धीको धारा ५ मा नेपालले काली नदीको पश्चिमको भू भाग सवै त्याग्नु पर्ने छ भन्ने उल्लेख गरेको हुदा काली नदी देखि पूर्वको भूभागमा पर्ने कालापनी,लिपुलेक र लिम्पियाधुरा नेपालमा भएको यथेष्ट प्रमाण भएन र ? अनि के को लफड़ा ? के मा भयो समस्या ? यसले तपाईको छविमा आँच पुगिरहेको छ। आफ्नो सेना आफ्नै भूमिमा पर्काएर समस्या समाधानको बाटो रोज्दा राम्रो हुन्छ ।


 तपाईले त नेपाललाई “हमरा लिए नेपाल तिर्थधाम हे” भन्नुहुन्छ । यदि नेपाल तिर्थधाम हो भन्ने तपाई तिर्थधाम जादा मंदिरको घण्टी राम्रो लाग्यो भनेर झोलामा राख्न खोज्नु भयो भने पुजारीले के गर्छ ? आफूसंग भएको चिम्टा निकालेर तपाईको टाउकोमा हिर्काउने छ । तपाई जति सुकै ठुलो मान्छे किन नहोस ।अर्को पटक तपाईलाई मंन्दिरको ढोका बन्द हुन्छ ।

त्यसपछि काहॉ गयो तपाईको धर्म ? अनि काहॉ गयो तपाई त्यागपूर्ण सन्यासी जीवन ? तिर्थ जादा सकिन्छ, दान दिएर आउने सकिदैन लोभ गर्नु हुदैन भन्ने हजुर जस्तो तप र जप गर्ने मान्छेलाई ज्ञात भएकै हुनु पर्छ । तिर्थ स्थलको समान राम्रो देख्यो भनेर नजर मात्र लगाउनु समेत पनि भक्तजनको लागि महापाप हो ।
 तपाईहरुकै परराष्ट्र विद्वले “नेपाल भारत रोटी बेटीका सम्वन्ध हे” भन्नु हुन्छ । तर ब्यवहार भन्ने त्यस्तो देखिदैन । हुनसक्छ, भूगोलले नेपाल सानो राष्ट्र हो । तर यो एउटा स्वतन्त्र सर्वभौमसत्ता सम्पन्न राष्ट्र हो ।

 

भारतको जति कै हैसियत राख्ने राष्ट्र हो यो । भारतको भाई नेपाल होईन र नेपालको दाई भारत पनि होईन । यो हेपाहा प्रवृतिको मुख्य कारण हो । समान हैसियतले नेपालसंग ब्यवहार गरौ । आधा समस्या त्यतिकै हल हुन्छ । र सीमानाको विषयमा छिटो भन्दा छिटो दुवै देशका प्रतिनिधि बसेर छलफल गरौ ।

 

आलटाल नगरौ । त्यसपछि  सेनालाई आफ्नो देशमा फिर्ता बोलाउन हिम्मत राख्नुहोस् । समाधानले बाटो आफै कोर्दै हिड्छ । सदियौ देखि नेपाल भारतको सीमानाको समस्या सदाको लागि अन्त्य हुन्छ । त्यसपछि महामहिम ज्यू तपाईको दुई देश मात्र होईन अन्तर्राष्ट्रिय स्तरमा नै हाईट बढ्ने छ ।


नेपालभारतको सम्वन्धको बिषयमा बीचमा ट्याउट्याउ कराउने तपाईलाई मन नपर्ने तेस्रो पक्ष भनिनेको बोली पनि बन्द हुनेछ । तपाईको तिर्थधाममा पनि तपाईको जय जयकार मनाउनेछ । यो हिम्मत चाही निकाल्नुहोस् ।


इतिहासलाई हामी सच्चाउन सक्दैनौ  तर इतिहासवाट सिक्न सकिन्छ । यहि हो इतिहासवाट सिक्ने समय । इतिहासमा गरेको गल्तीलाई इतिहासमा नै सच्याउन नसके पनि इतिहासवाट सिकेर आज नेपाल भारत वीच भएको कमीकमजोरीलाई सच्याउन सकिने समय आएको छ । तपाईले फेरि सुनौलो इतिहास रच्ने समय आएको छ । तपाईकै कोर्टमा छ बल, हान्नुहोस् ।

 

अनि नेपाल भारतको सम्वन्धलाई अमर बनाउनुहोस । दुनियामा नेपाल भारतको सम्वन्ध उदाहरणीय बनाएर देखाउनुहोस् । समय आएको छ पर्खिदैन । यो मेरो सुझाव मात्र हो । वाकी महामहिम ज्युको बिचार । नेपाल भारतको सीमा समस्या समाधान भए फेरि एउटा शुभकामना पत्र लेखौला । जय नेपाल ।

सन्तोष श्रेष्ठ
नेपाल   (यो पत्र श्रेष्ठको सामाजिक संजालबाट लिइएको हो )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.