logo

विपतको बेला सञ्चार माध्यमको भूमिका

शिवनाथ यादव

      5/31/2020 गते 00 00 मा प्रकाशित     1532   पटक पढिएको

सञ्चार प्रविधिमा भएको विकास, नागरिकको शैक्षिक स्तरमा सूधार र पूर्वचेतावनी प्रणालीको विकासका कारण विपद्को जोखिम न्यूनीकरणमा यथेष्ट योगदान पूगेको छ । सञ्चारमाध्यको प्रयोगले विपद्को समयमा हजाराँै मानिसको जीवनरक्षा भएको उदाहरण छन् । तर, सञ्चारमाध्यमबाट दिइने गलत सूचनाले भने उल्टै मानिसको जीवन जोखिममा पनि पर्न सक्छ ।  सन् १९७० मा बङ्गलादेशको दक्षिण पूर्वी क्षेत्रमा आएको समुद्री आँधीले तीन लाख मानिसको ज्यान लिनुका साथै १३ लाख मानिसलाई घरबारविहीन बनाएको थियो ।

सन् १९८५ मा त्यसै क्षेत्रमा आएको उस्तै क्षमताको आँधीमा परेर मात्र एक हजार मानिसको मृत्यु भयो । तर, मानवीय मृत्युको सङ्ख्या भने निकै कम रह्यो । बङ्गलादेशमा सन् १९७० र १९८५ बीचको १५ वर्षमा सञ्चार क्षेत्रले विपद् पूर्वतयारी गर्न र समुदायको विपद्सँग लड्ने क्षमताको विकास गर्न ठूलो सहयोग गरेको थियो । अमेरिकामा सन् १९५० देखि १९५९ बीचमा समुद्री आँधीबाट एक हजार चारसय मानिसले ज्यान गुमाएका थिए । त्यसपछि सञ्चारमाध्यममा आधुनिक प्रविधिको विकास र चेतना अभिवृद्धिमा भएको विस्तारसँगै सन् १९८३ देखि १९८२ बीचको अवधिमा मानवीय क्षतिको मात्रामा कमी आएको थियो । त्यसबेला ५२१ मानिसको ज्यान गएको थियो ।

त्यस्तै भारतको आन्ध्रप्रदेशमा सन १९७७ मा आएको आँधीमा परी १० हजार मानिसको ज्यान गएको थियो । तेह्रवर्षपछि त्यही ठाउँमा आएको उत्तिकै शत्तिशालीे आँधीबाट ९ सय १० मानिस मारिएका थिए । नेपालमा पनि वि.सं. २०७२ साउनमा सिन्धुपाल्चोक जिल्लाको राम्चे र माङखाको सीमानामा पर्ने जुरेटार बजारमा भीषण पहिरो गएको थियो । पहिरोका कारण भोटेकोसी नदी थुनिँदा एक लिोमिटर लामो ड्याम बनेको थियो भने बा¥हाबिसे बजार समेत डुबानमा परेको थियो । तर तत्काल प्रहरीको सहयोगमा स्थानीय सञ्चारमाध्यमहरूले निरन्तर पहिरोबाट बच्नका लागि सूरक्षित स्थानतर्फ लाग्न सबैलाई अनुरोध गरेका कारण धेरैजना सम्भावित जोखिम बाट बचेका थिए ।

.वि.सं. २०६९ सालमा कास्कीको सेती नदीमा आएको बेमौसमी बाढीका कारण खारापानी, हेम्जा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीको बारेमा एक प्रत्यक्षदर्शीले स्थानीय एफएमलाई फोन गरेर खबर गरिदिए । एफएमले बाढी आउँदै गरेको खबर प्रसारण गर्नुका सार्थ स्थानीय समुदायलाई सूरक्षित स्थानतर्फ लाग्न अनुरोध ग¥यो, फलस्वरुप धेरैले ज्यान बचाउन सफल भएका थिए । यसरी विपतको समयमा संचार माध्यमको भूमिका महत्वपूर्ण रहन्छ भन्ने प्रष्ट देखिन्छ । 
आममानिसलाई सचेत र जनप्रतिनिधिलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका रहेको सञ्चार माध्यम र संचारकर्मीको विपतको समयमा अझ विशेष भूमिका हुन्छ ।

विपतको समयमा सही सूचनाको आवश्यकता हुन्छ र सही सूचनाले लाखौको ज्यान बचाउन सक्छ भने गलत सूचना धेरैलाई नोक्सानी पु¥याउन पनि सक्छ । पहिला पहिला भुकम्प आउदा होस वा सूनामी आउदा होस धेरै मानिस प्रभावित हुने गर्दथे किन भने पहिला सूचना दिने प्रविधि थिएन । समय जानकारी हुन नसक्दा विपत घरदैलोमै आई पुग्थ्यो र बच्न कठिन हुन्थ्यो तर अहिले परिवर्तन भएको छ । विपत आउनु भन्दा पहिले नै सचेत गराउने संरचनाहरु बनेका छन् र ती संरचनाहरुले दिने सूचनालाई आम संचार माध्यमले सही समयमा सही तरिकाले सही ठाउमा पु¥याउदामा मानवीय क्षति कम हुने गरेको छ । हुन पनि सञ्चाकर्मीको दायित्व नै यही हो । विपतको समयमा सही सूचना प्रवाह गरी क्षमी कम गर्ने, विपतको बारेमा पर्याप्त जानकारी हासिल गरी आम मानिसमा पु¥याउने ।

यस्तो विपतको समयमा अनेक तरिकाले गलत समाचारहरु बाहिर आईरहेका हुन्छन जसका कारण ठुलो क्षती हुन सक्छ । यो लकडाउनकै समयमा भारतमा रेल संचालन हुने गलत सूचना प्रवाह हुदा लाखौ यात्रुहरु रेल्वे स्टेशन पुगेको समाचारहरु आएका थिए । जसमा भागम भागम पनि भएको थियो । यस्ता गलत समाचारले कतिको क्षति पु¥याउन सक्छ भन्ने कुराको आकलन गर्न जरुरी छ । कोरोना संक्रमणको शुरुवाती अवस्थामा अनेक किसिमका अफवाहरु पनि आएका थिए । धार्मिक, राजनितिक तथा सामुदायिक द्वन्द्व बढाउने खालका पनि समाचारहरु आउन गरेका हामी देख्न सक्छौ जसले आम मानिसलाई झन त्रसित बनाउन मदत गर्दछ । यस्ता खालका समाचार भन्दा पनि समाजलाई सचेत बनाउने  र सुरक्षित बनाउने खालको समाचारको खाचो हुन्छ विपतको समयमा यसलाई ध्यान दिन जरुरी छ । 


सूचना आम मानिसका लागि पानी, खाना, औषधी अथवा बास जति नै जरुरी कुरा हो । सूचनाले गर्दा मानिकसको ज्यान, गरिखाने मेरलो र सम्पति जोगिन सक्छ ।  सूचना विपतसंग जुध्ने एक मात्र त्यस्तो उपाय हो जसलाई अशिकांश मानिसले उपयोग गर्न सक्छन । सूचना सही भयो भने मानिसहरु के कुरा चाहिएको छ र ती कुरा कसरी पुरयाउन सकिन्छ भन्ने थाहा हुन्छ । गतल सूचनाका आधारमा गरिएका मानवतादी सहयाता पनि गतल र खतरानाक हुन सक्छ । पत्रकारले विपतका बेला श्रोत व्यवस्थापन, सार्वजनिक सुरक्षा अधिकारी, जनताको तर्फबाट पैरविकता, मनोसामाजिक परामर्शदाता र नीति निर्माणमा उत्प्रेरकको भुमिका निर्वाह गर्छ । विपतको समयमा अरु भन्दा पनि आममानिसलाई के सूचना दिदाँ अरुको ज्यान बच्न सक्छ वा अरुलाई राहत हुन सक्छ त्यस तर्फ ध्यान दिन जरुरी हुन्छ । विपतको समयमा सही सूचनाले विपतमा परेका मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भने गलत समाचारले दुर्घटना हुन सक्छ ।

विपतको समयमा प्राय मानिसहरुले एउटा आश लाग्दो सूचनाको खोजीरहेका हुन्छ त्यस बेला उनीहरु सूचना सही वा गलत भन्दुा पनि राहत मिल्ने खालको सूचना गलत भए पनि त्यसको पछि लाग्छन र थप पीडामा पर्न सक्छन यसको ध्यान दिन जरुरी छ । त्यसैले भन्छन्, ‘एकजना डाक्टरको गल्तीले एकजनाको मात्रै ज्यान जोखिममा हुन्छ । तर, एकजना सञ्चारकर्मीको गल्तीले लाखौंलाई जोखिममा पार्न सक्छ ।’ पर्सा र बारामा जिल्लामा पछिल्लो वर्ष आएको विनाशकारी हावाहुरीका बारेमा पहिलो पटक सूचना संचारमाध्यबाट नै भएको थियो । संचारमाध्यमबाट त्याहाँको अवस्थाबारे जानकारी हासिल भए पछि सरकारका निकायहरु राहत लिएर पुगेका थिए । सरकारी तथा गैरसरकारी संस्था मिलेर बनेका क्लस्टहरु सक्रिय भएका थिए तर संचारमाध्यबाट आएका जानकारीलाई वास्तविक मान्न सकिने अवस्था भने थिएन ।

संचारमाध्यममा जिम्मेवार बनाउने भन्दा पनि आलोचनाका लागि आलोचना गर्ने प्रवृति देखिएको थियो । सनसनीपुर्ण बनाईएको थियो त्यो घटनालाई । पर्सा र बाराका अधिकांश ठाउँमा विद्युत गएको कारण सीमित मान्छेसंग मात्र श्रोतसाधन रहेकाले जनताहरु पनि भरोसा गर्न बाध्य थिए । अहिलेको पनि महामारीमा ब्रेकिंग न्युजका कारण पुष्टि हुन नसकेका समाचारहरु छापेका कारण कतिपय अनलाईन पत्रिकालाई प्रेस काउन्सिलले कार्वाही गरेको छ । त्यसैले अरु समय भन्दा विपतको सममा अझ गम्भीर हुनुपर्ने देखिन्छ । हामीले प्रवाह गर्ने सूचनाले आम मानिसलाई कतिको राहत महशुस हुन्छ भन्ने कुरा बारम्वार सोच्न जरुरी छ ।

 
विपतको समयमा देखिएका समस्याहरुलाई बाहिर ल्याउने काममा पनि संचारमाध्यमको भूमिका महत्वपुर्ण हुन्छ । किनभने एक समुदाय यस्ता पनि जसले विपतकै मौकालाई आम्दानीको श्रोतका रुपमा लिने गरेका छन । यसलाई नै कमाउन अवसरको रुपमा लिने गरेका छन । सामाजिक तथा राजनितिक द्वन्द्व उत्पन्न गरेर आफनो प्रभुत्व जमाउने सोच भएका व्यतिm पनि छन हाम्र्रै समुदायमा त्यसैले यस्तो विपतको समयमा  कसैलाई व्यतिmगत फाईदा पुग्ने खालका समाचारहरु सकेसम्म गर्नु हुदैन । समाचार सम्प्रेषण गर्दा विशेष ख्याल राख्नुपर्छ । विपतको समयमा सूचना महत्वपुर्ण भए पनि आफनो सूरक्षा ध्यान दिन जरुरी छ । एउटा संचाकरकर्मीको अनुहारमा तव खुशी देखिन्छ जबको उसको सूचनाका कारण कसैको ज्यान बचेको होस वा गरिब असहायले राहत महशुस गरेको होस । विपतको समयमा आलोचना, पक्ष विपक्ष भन्दा पनि सही सूचना प्रवाह गरेर आम जनतालाई सम्भावित जोखिमबाट बचाउनका भूमिका हुनुपर्छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.