logo

लकडाउन पछिको कृषि  क्रान्तिकारी परिवर्तनको आशामा

रमेश भट्टराई

      4/27/2020 गते 00 00 मा प्रकाशित     1391   पटक पढिएको

बिश्वका २ सय  भन्दा बढि राष्ट्र कोरोना संक्रमण संग एकै पटक जुधिरहेका छन।गरिब देखि सम्पन्न तथा कमजोर देखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पिडित छन।नेपालमा कोरोना संक्रमण संख्या बढे संगै १ महिना देखि देश पुर्ण रुपमा लकडाउनमा छ।उधोग ब्यवसाय तथा आवत जावत ठप्प छ।संगठित तथा असंगठित क्षेत्रका गरि १० लाख भन्दा बढि ब्यक्ति बेर‍ोजगार भैसकेका छन।बिदेशमा कार्यरत ४० लाख श्रम शक्ति मध्ये ३० प्रतिशत जति उतै बेरोजगार भैसकेका छन र देश फर्कने आशामा छन।अमेरिका, अष्ट्रेलिया, युरोप अध्यन गर्न गएका लाखौ बिद्यार्थी  पनि यो संकटमा आफ्नै देश फर्कने सोचमा देखिन्छन।यसरी २५ देखि ३० लाख बेरोगारलाई ब्यवस्थापन गर्ने चुनौति सरकारको सामु आउन थालेको छ।
लकडाउनक‍ो कारण सरकारको राजस्व, लक्ष अनुसार उठन सकेको छैन।राजस्वको प्रमुख श्रोत आयात लकडाउन पछि पुजिंको अभावमा खुम्चिने पक्कै छ।विश्व बैकंले भने अनुसार रेमिटान्स १४ प्रतिशतले घटने संभावना देखिन्छ।छिमेकि र बिकसित मुलुक पनि कोरोना संग लडिरहेकोले बिदेशी सहायता आउने संभावना देखिन्दैन।समग्रमा सरकारको आयको श्र‍ोत कम हुँदै जाने र अर्को तर्फ बेरोजगारीको बिकराल समस्या बढदै जाने अवस्थामा कृषि क्षेत्र नै आशाको केन्द्र बन्दै गएको देखिन्छ।
बिगतको १० बर्षे माओवादी  द्वन्दको बेला बढदो असुरक्षा र बैकल्पिक  रोजगारीको लागि लाखौ  श्रम शक्ति बिदेश पलायन भए।यसको सकारात्मक पक्ष रोजगारीक‍ो कारण नेपाली श्रमिकमा सीप र क्षमता बढ्य‍ो,रेमिटान्सले गर्दा घर घरको आय वृद्धि संगै सरकारको बिदेशि मुद्रा आर्जन पनि बढ्यो।तर संग संगै देशमा श्रम शक्तिको अभाव र कृषियोग्य जमिन बांझो भई उत्पादकत्वमा ह्रास आयो।नेपालमा उपलब्ध कुल ३९ लाख हेक्टर खेतीयोग्य जमिन मध्ये १३ लाख हेक्टर बांझो हुन गयो।६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिशत जमिनमा खेती नहुनुले नै हामी परनिर्भता तिर गईरहेको संकेत गर्छ।आज हामी तरकारी,फलफुल,खाध्यान्न लगायत जीवीकोपार्जनका अधिकाश बस्तुको लागि छिमेकि देशमा निर्भर भएका छौ।त्यसैले  अहिले कोरोना कहरको रुपमा आए पनि र‍ोजगारी र नेपालीको आयश्रोत बृद्धिको लागि कृषि क्षेत्रलाई बिकास गर्ने ठूलो अवसर आएको मान्नु पर्छ।
आयातमुखी र रेमिटान्सआधारित  अर्थतन्त्र भएको देशमा सरकारले कृषिलाई खासै महत्व दिएको देखिएन।कृषि कार्यक्रमलाई भोट  आकर्षित गर्ने क्षेत्रको रुपमा मात्र हेरियो।नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको ३१ प्रतिशतको य‍ोगदान कृषि प्रधान देशमा धेरै नै कम हो।सरकारको आब २०७६/७७ मा कुल बजेटको ५.२० प्रतिशत अर्थात ७९/८२ अर्ब मात्र बिनिय‍ोजन भएको थिय‍ो। प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत ८/१० अर्ब छुट्याईयो।तर यो शीर्षक र अन्य सब्सिडिका रकमहरु हुनेखाने बाठा र राजनैतिक पहुचवालाले पाएकोले वास्तविक कृषक सम्म पुग्न नसकेको अनुमान छ।कृषिलाई महत्व न दिएक‍ोले पनि तरकारी फलफुलको लागि अरुको भर पर्नु पर्ने बाध्यता श्रृजना भएको छ।बिदेशबाट आयातित बस्तु पहाड तराईका गाउँ घर सम्म पुर्याईएक‍ोले खेतबारी बाझै राखेर घर घरमा आएको रेमिटान्सलाई उपभोग्य बस्तु र मोजमस्ती गर्न मै खर्च गर्ने प्रबृति बढदै गएको पाईन्छ।
तर कोरोनाको कारण समय र परिस्थिति फेरिएको छ।कोरोनाले प्रतेक देश र नागरिकलाई यथार्थ धरातलमा ल्याईदिएको छ।बिखण्डित परिवारलाई एक ठाउमा जोडेको छ,बिदेशमा रहेका र काम गर्नेलाई मातृभूमीको महत्व सम्झाएको छ,स्वास्थ र कृषि नै संकटकालमा चाहिने भनेर बुझाएको छ।त्यसैले  कोरोना संक्रमण र लकडाउनमा सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थको रक्षा गर्नु र यस संबन्धी सेवाहरु उपलब्ध गराउनु हो।दोश्रोमा अलपत्र परेकालाई तत्काल खाना र बासको ब्यवस्था गर्नु र आम मानिसको लागि बस्तु आपुर्तिको सहजता कायम गर्नु हो ।
तेश्रोमा बेरोजगार हुने दशौ लाख जनताको लागि आयमुलक रोजगारीको अवसर श्रृजना गर्नु नै हो।
तेसैक‍ो लागि कृषिमा आम जनतालाई आबद्ध गरि रोजगारी श्रृजना गर्न, कृषिको उत्पादकत्व बृद्भि गर्न,कृषकको आयश्रोत बढाउदै विश्व बैकंले अनुमान गरेको यस बर्षको आर्थिक वृद्धि दर १.८ देखि २.८ प्रतिशत भन्दा माथि लैजान सकिन्छ ।त्यसकोलागि तत्काल कृषि क्षेत्रमा निम्न बमोजिमको कार्यक्रम प्रभावकारि रुपमा संचालन गर्नु जरुरी देखिन्छ।
बांझो जमिनको उपलब्धता तर्फ 
....................

१.प्रत्यक  गाउँपालिका मार्फत वडा स्तरमा ब्यक्तिगत र स्थानीय निकायको स्वामित्वमा रहेको बांझो(खेति नभएको)जग्गा र जग्गाधनीक‍ो लगत तैयार गर्ने।यसरी लगत तैयार गर्दा उपलब्ध जग्गाको क्षेत्रफल अनुसार ब्यक्तिलाई दिने र सामुहिक खेती गर्न सक्ने गरि जग्गाको दुई प्रकृतिको लगत बनाउने।
२.वडा स्तरमा बैदेशिक रोजगारीबाट फर्केका र साना ब्यवसाय गरि लकडाउनको कारण बेरोजगार भएकाहरुको  सीप र ज्ञान अनुसारको अर्को लगत तैयार गर्ने।
३.ब्यक्ति र स्थानीय निकायले लिजमा  दिने जग्गाको लिज अवधि र आय बितरणक‍ो अनुपात निर्धारण गर्ने। ब्यक्तिको जग्गा खेती गर्न सक्ने गरि पहिलो प्राथमिक्ता जग्गाधनीलाई दिने।निजले गर्न नसकेको जग्गा कम्तिमा १० बर्षको लागि गाउंपालिका र नगरपालिकाले लिजमा लिने।ब्यक्तिको जग्गाको आम्दानीको २० प्रतिशत जग्गाधनीलाई,१० प्रतिशत गाउंपालिका लाई, ७० प्रतिशत लिजमा खेती गर्नेलाई दिने।गाउंपालिकाको जग्गाको हकमा २० प्रतिशत गाउंपालिकालाई र ८० प्रतिशत लिज लिनेलाई दिने गरि नीति बनाउने।आय बितरण प्रतिशतको सट्टा निश्चित रकममा पनि गर्न सकिन्छ।
४.गाउपालिकाले खेती गर्न चाहने ब्यक्ति वा समुहलाई सब लिजमा दिने गरि सम्झौता गर्ने।अनिवार्य खेती गर्न प्रोत्साहन गर्ने र लिजमा लिई खेती नगर्नेलाई कार्यवाहीको भागिदार बनाउने।
५. जग्गा ब्यक्तिलाई दिदा तराईमा न्युनतम ५ देखि ८ कठ्ठा र पहाडमा ३ देखि ५ रोपनी तथा सामुहिक खेती वा सहकारी मार्फत गर्दा न्युनतम १ बिघा वा १५ रोपनी दिने।कमर्सियल फार्मिङंको लागि पहाडमा ५० रोपनी र तराईमा ५० बिघा सहित सब्सिडि र कर छुटको ब्यवस्था गर्ने।
६. लिजमा जग्गा दिदा कुल जग्गाको १० प्रतिशतमा तरकारी खेती,२० प्रतिशतमा फलफुल खेती र ७० प्रतिशतमा खाद्यान्न र अन्य बालि लगाउने नीति बनाउने।तरकारी खेतीले घरमा दैनिक उपभोग गर्न र बजारमा बिक्रि गरि नगद प्राप्त भई घर खर्च चलाउन सजिलो हुने।
पुजींको ब्यवस्था
.............

७. लकडाउनको कारण बेरोजगार हुने संग पूंजी हुदैन।उनीहरुको जीवन निर्बाह पहिलो प्राथमिकता हुन्छ।अतः राज्यले प्रधानमंत्री रोजगार कोषमा भएको ८ अर्ब १० करोड र बैदेशिक र‍ोजगार कल्याणकारि कोषमा रहेको ५ अर्ब बाट श्रमिकले पाउने न्युनतम रकम १५००० को दरले ३ महिनाको लागि जीवन निर्बाह भत्ता उपलब्ध गराउने।
८. जीवन निर्बाहको ग्यारेन्टि पछि निजको ज्ञान, सीप र गर्न सक्ने क्षमता अनुसार कृषि बिकास बैकं,साना किसान बैकं, लघु बित्त कंपनि,सहकारी र अन्य बित्तिय संस्था मार्फत सरल तरिकाले काम अनुसार १ देखि ३ लाख सम्मको कर्जा किस्ता किस्तामा निर्ब्याजी उपलब्ध गराउने।ब्याज सब्सिडि सरकारले बैकं बित्तिय संस्थालाई दिने।काममा सहजिकरण र अनुगमन गाउपालिकाले गर्ने।
प्रबिधि र साधनको उपलब्धता
....................

९.तरकारी,खाद्यान्न,फलफुल र पशुपालन गर्न चाहिने बीउ बिजन,बेर्ना, रसायनिक मल,किटनाशक औषधी,चल्ला, पाठो आदि कृषि र पशु शाखाको समन्वयमा गाउपालिकाले उपलब्ध गराउने ब्यवस्था गर्ने।यसको लागि सकभर प्रतेक गाउपालिकामा सहकारी मोडल वा पब्लिक प्राईभेट पाटनरसिप मोडलमा नर्सरि र पसल अनिवार्य रुपमा संचालन गर्न लाउने।यिनलाई शुरुमा स्थानीय निकाय वा सरकारबाट प्रोत्साहन र सब्सिडिको ब्यवस्था गर्ने।
१०. प्राबिधिक सहयोग कृषि ब्यवसाय सफलताको लागि अति आवस्यक हुन्छ।सरकारको कृषि र पशु शाखाले प्रतेक गाउँपालिका क्षेत्रमा ३र३ जना प्राबिधिकको सेवाको ब्यवस्था गर्ने।यिनीहरुबाट नियमित निरिक्षण, अनुगमन, प्राबिधिक सल्लाह र रिपोर्टिङंको ब्यवस्था गर्ने।
११. सूचना र संचारले ठूलो फडको मारि सकेको छ। सो माध्यमबाट बेरोजगार तथा अन्यबाट संचालित तरकारी खाद्यान्न,फलफुल र पशुपंक्षि बस्तु बिक्रीको नियमित
छलफल, रेडयो एफ एम कार्यक्रम,भाईबर मैसेन्जर ग्रुपमा सुचना आदान प्रदान र बजार मूल्यको नियमित जानकारि दिने संयन्त्रको बिकास गर्ने।कल सेन्टर यसमा उपयोगी हुन सक्छ।
१२. प्रतेक गाउंपालिकामा सरकारि लगानिमा अथवा सब्सिडि दिएर स्थानीयको लगानिमा कोल्ड स्टोरेजको निर्माण गराउने र उत्पादित तरकारि, फलफुल न्युनतम दर रेटमा भण्डारण गर्ने सुबिधा दिने।
बजारको सुनिश्चितता
...............
१३.ग्रामिण क्षेत्रमा उत्पादित तरकारि र फलफुलले उचित बजार नपाउंदा फाल्नु पर्ने बाध्यता छ।बेरोजगारलाई खेतीमा लगाई उत्पादीत बस्तुले उचित मूल्य र बजार पाएन भने निराश हुन्छन।तेसैले प्रतेक गाउंपालिका नगरपालिकाले सब्सिडि दिएर भए पनि अनिवार्य रुपमा थोक खरिद बिक्री केन्द्रको संचालन गर्नु पर्ने।पब्लिक प्राईभेट लगानीमा या सहकारी मोडेलमा पनि खोल्न सकिन्छ।
१४.कृषि उपजमा बिचौलीयाहरुको बिगबिगि छ।कृषकले थोरै मूल्य पाउने र ग्राहकले महगों मूल्य तिर्नु पर्ने बाध्यता छ।यसलाई न्युनिकरण गरि तीन तह कृषक, थोक  खुद्रा बिक्रेता र उपभोक्ता गर्ने प्रयास गर्नु पर्ने।यसबाट बितरण खर्च न्यून भई कृषि उपजले उचित मूल्य पाउने ग्यारेन्टि हुन्छ।
१५.बिकट जिल्लामा उत्पादित तरकारी फलफुल नजिकको हाट बजार वा शहर सम्म पुर्याउन कृषकलाई ढुवानी सब्सिडि दिने वा उत्पादित केन्द्रबाट गाउंपालिकाले उचित मूल्यमा संकलन गरि बिक्री केन्द्र सम्म पुर्याउने ब्यवस्था गर्नु पर्ने।
१६. कृषकको उत्पादनलाई उपभोग्य र बिक्री योग्य बनाउन गुणस्तरीय र बिश्वसनीय पार्नु पर्छ।यस्को लागि अर्गेनिक खेतीलाई जोड दिने र उत्पादीत उपज बजार पठाउनु अघि परिक्षण गर्न प्रतेक गाउंपालिकामा फुड क्वालिटि टेस्टिङं लैब स्थापना गर्नु पर्ने।
यसरी उपरोक्त अनुसारको ब्यवस्था गरि दशौ लाखलाई र‍ोजगार दिन,बाझो खेतलाई उत्पादनशील बनाउन,कृषिमा आत्म निर्भर हुन र समग्रमा कुल ग्राहस्थ उत्पादनमा वृद्धि ल्याउन सकिन्छ।यस्को लागि कृषि मंत्रालय,प्रधानमंत्री रोजगार कार्यक्रम, श्रम र‍ोजगार तथा सामाजिक मंत्रालय र सम्बध्द निकाय बीच समन्वय गरि बिनियोजित बजेटलाई केन्द्रीकृत गरि एउटै ठाउबाट परिचालन गर्दा रोजगारि वृद्धि र कृषिमा क्रन्तिकारि परिवर्तन ल्याउन सकिन्छ। (श्री भट्टराईको फेसबुक वालबाट सभार)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.